जनयुद्धको औचित्य र नेतृत्वको बिचलन


-प्रज्वल श्रेष्ठ

एक पटक हतियार उठाए पछि जनताको मुक्ति नभएसम्म बिसाइने छैन भन्ने घोषणा गरेर २०५२ साल फागुन १ गते आजकै दिन जनयुद्धको शुरूवात गरिएको थियो ।

रोल्पाको होलेरी,रुकुमको राडि र सिन्धुलिगडि प्रहरी चौकीमा भरुवा बन्दुकका भरमा आक्रमण गरेर शुरु भएको जनयुद्धले एक दशकमा सन्सारमा ठुलो उथलपुथल मच्चायो ।
गरिब,किशान,मजदुर ,उत्पीडित जाति , छेत्र,लिङ्ग र समुदायले आफ्नो मुक्तिको सपना देखेर जनयुद्धमा साथ दिए । सत्र हजार मानिसले ज्यान गुमाउन पुगे । यसैको भरमा माओवादीले देशको ८० प्रतिशत बढी भुभाग कब्जा गर्न सफल भयो ।
यसले देशमा माओवादीले भनेको जनवादी ब्यबस्था आउँछ भन्ने ठुलो आशा जागेको थियो ।
रोल्पा सहितका जिल्लामा चलेको जनसत्ताले आफ्ना कानुन लागू गरेका थिए । कम्युन, जनवादी स्कुल आदिको स्थापनाले पार्टी मजबुत बन्दै गएको थियोे ।
ढाडमा टेकेर टाउकोमा हान्ने निति अनुसार काठमाडौंमा समेत भएका आक्रमणले प्रतिक्रियावादी शक्तिमा ठुलो आतंक फैलिएको थियो ।
सयौ प्रहरी चौकी खाली भए । सेना ब्यारेकमा कैद जस्तो भएको थियो ।
तर बार बुदे सम्झौता हुँदै शान्ती प्रक्रिया पछि माओवादी जनयुद्ध कमजोर मात्र भएन कि यसले स्थापित गरेका मुल्य मान्यता लगभग समाप्त भए ।
जनयुद्धको हार भएको हो ?
आजैका दिन अर्थात २०५२ साल फाल्गुन १ गते तत्कालिन नेपाल कम्युनिष्ट पार्टी ९माओवादी० को नेतृत्वमा नेपालमा सशस्त्र जनयुद्धको थालनी गरिएको थियो । आजैका दिन माओवादीले “साम्राज्यवाद र विस्तारवादका आडभरोसामा टिकेको राजतन्त्रात्मक बहुदलीय संसदीय व्यवस्थालाई ध्वंश गरौं, जनताको जनवादी राज्यव्यवस्था स्थापना गरौं ।” भन्ने मूल नारा र ब्यानरका साथ सशस्त्र जनयुद्धको थालनी गरेको थियो । रोल्पा जिल्लाको होलेरी प्रहरी चौकी, रुकुम जिल्लाको राडीज्यूला प्रहरी चौकी, सिन्धुली जिल्लाको सुन्धलीगढी प्रहरी चौकी र गोरखा जिल्लाको साना किसान बैंकको कार्यालयमा राती एउटै समयमा हतियार सहित सशस्त्र आक्रमण गरि जनयुद्धको थालनी गरेको थियो ।
नेकपा ९माओवादी० को मुख्य नेतृत्वले ‘जनताको राज्यसत्ता प्राप्त नगरेसम्म बन्दुक नबिस्याउने सात राजनीतिक प्रतिबद्धता’ सहित सशस्त्र जनयुद्धको थालनी गरेको थियो र नेपालमा यस प्रकारको सशस्त्र जनयुद्ध दश वर्षसम्म चल्यो ।
तर २०६२ असोज–कार्तिकमा सम्पन्न चुनवाङ बैठकबाट सशस्त्र जनयुद्धको कार्यदिशा, कार्यक्रम र कार्योजना समेत स्थगित गरि ‘लोकतान्त्रिकक गणतन्त्र’ को कार्यदिशा तय गरि शान्ति प्रक्रियामा आए पछि २०६४ चैत्र २८ गते सम्पन्न पहिलो संविधानसभाबाट संविधान सभामा सबैभन्दा ठूलो दलको रुपमा उपस्थित हुन पुगेकाले सरकारको नेतृत्व गर्न पुगेदेखि नै तत्कालिन नेकपा ९माओवादी० को मुख्य नेतृत्व साम्राज्यवाद र विस्तारवादका सामु लमपसार परेर आत्मसमर्पण गर्न पुग्यो । अन्तर्राष्ट्रिय रुपमा र वर्गीय रुपमा समेत आत्मसमर्पण गर्न पुगेकाले पार्टीको मुख्य नेतृत्व मुख्य गरि पार्टी अध्यक्ष प्रचण्ड र वरिष्ठ नेता बाबुराम भट्टराईले आफ्नो वर्ग ९सर्वहारावर्ग० लाई छोडेर प्रतिक्रियावादी वर्गसँग घाँटी जोडन पुग्यो । साम्राज्यवादी मूलतः भारतीय विस्तारवादीहरुकै इच्छा र निर्देशन तथा योजनामा प्रचण्ड बाबुरामले पार्टी भित्रका क्रान्तिकारीहरुलाई पाखा लगाउदै महान् दश वर्षे जनयुद्धको प्रक्रिया अन्तर्गत निर्माण गरिएका आधार इलाकाहरु, जनसत्ता, जनअदालत र जनकम्युन तथा जनसरकारहरुको खारेज गर्न पुग्यो ।
२०६३ मंसीर ३ गते सरकारसँग बृहत शान्ति सम्झौता गर्ने नाममा “दश वर्ष देखि चल्दै आएको सशस्त्र संघर्ष आजैका मितिदेखि अन्त्य गरियो” भन्ने प्रस्तावमा प्रचण्डले सहीछाप गर्न पुगे । यसै क्रममा जनमुक्ति सेना, नेपालको विघटन गराइयो । हतियारहरु प्रतिक्रियावादी सत्तालाई बुझाइयो । र २०५७ सालमै दोस्रो राष्ट्रिय सम्मेलनबाट निर्णय गरिएको संविधान सभाको कार्य दिशालाई कार्यान्वयन गर्ने क्रममा पहिलो संविधान सभामा भाग लिएर संविधानसभा मार्फत महान् नेपाली क्रान्ति सम्पन्न गर्ने उद्देश्यसाथ गठन गरिएको र माओवादीकै बढि संख्या रहेको संविधानसभालाई रातारात भारतीय विस्तारवादको निर्देशनमा विघटन गराइयो र कथित दोस्रो संविधानसभा निर्वाचनमा सहभागी बन्न पुग्यो । र त्यस कथित दोस्रो संविधान सभामा एमाओवादीले लज्जास्पद तरिकाले हारखान पुग्यो र संविधान सभालाई जनताको हातबाट छुटाएर देशी विदेशी प्रतिक्रियावादीहरुको हातमा बुझाउन महत्वपूर्ण भूमिका खेल्यो ।
त्यति मात्र होइन, दश वर्षे जनयुद्धको नेतृत्व गरेको मुख्य नेतृत्वले प्रतिगामी संविधान निर्माण गर्न, त्यसको घोषणा गर्ने कार्यमा मुख्य भूमिका खेल्यो । र अहिले माकेको नामबाट प्रतिक्रियावादी सत्ताको नेतृत्व गर्न पुगेको छ र प्रतिगामी संविधानको कार्यान्वयन गर्नका लागि न्वारानदेखिको बल लगाइरहेको छ ।
आज एकातिर माओवादी आन्दोलन विभाजित भएको, अर्कोतिर माकेका नाममा एउटा हिस्सा प्रतिक्रिया वादी सत्ताको नेतृत्वमा पुगेर भारतीय विस्तारवादका सामु लमपसार परेर आत्मसमर्पण गर्दै अनगिन्ती राष्ट्रघाट र जनघातका सृंखलाहरु बढाइरहेको छ । यी कारणहरुले आज दशौं हजार महान सहिदहरुका सुन्दर सपनाहरु चक्नाचुर हुन पुगेका छन् । हजारौं अपाङ्ग, घाइतेहरु अत्यन्तै निरासा भएको अवस्था छ र आम नेपाली जनताको बीचमा व्यापक निरासा र कुण्ठा छाएको छ ।
माथि उल्लेखित कारणहरुले गर्दा आज राष्ट्रिय तथा अन्तराष्ट्रिय जगतमा समेत नेपाली जनयुद्धले फेरी कहिल्यै पनि उठ्न नसक्ने गरि हारेको, अब नेपालबाट जनयुद्ध सदाको लागि समाप्त भयो । र, अब नेपालमा पुनः जनयुद्ध मात्र होइन, नेपाली क्रान्तिको सम्भव छैन भन्ने व्यापक हल्लाह मच्याइएको छ ।
तर वास्तविकता यस्तो होइन, हामी माक्र्सवादीहरुले कुनै पनि घटना घट्नुका पछाडि निश्चित बैज्ञानिक कारणहरु हुन्छन् भन्ने कुरालाई स्वीकार गर्दछौं । नेपालमा सशस्त्र जनयुद्धले हारेको होइन, जनयुद्ध पराजित भएको होइन माथि पनि मानियो दश वर्षे जनयुद्धको नेतृत्व गरेका प्रचण्ड–बाबुरामले बोकेको विचारले हारेको हो । प्रचण्ड बाबुरामले हारेर क्रान्तिलाई छोडेर भागेका हुन् । प्रचण्ड बाबुरामले आत्मसात गरेको नक्कली मालेमावादको सिद्धान्तले हारेको हो ।
त्यसैले जनयुद्धले हारेको नभई विचारले हारेको हो । यो भनिरहँदा जनयुद्धको संचालन गर्ने वैज्ञानिक विचार मालेमावादले हारेको हो कि भन्ने भान पर्न सक्छ । मालेमावाद त वैज्ञानिक सिद्धान्त हो । यो कसैका कारणले जीत र हार हुन्न भन्न मिल्दैन तर यहाँ स्पष्ट पार्न खोजेको के हो भने मालेमावादको, महान नेपाली नयाँ जनवादी क्रान्ति सम्पन्न गरि वैज्ञानिक समाजवाद हुँदै सम्यवाद पुग्ने योजना र लक्ष्यका साथ संचालन गरिएको जनयुद्धको विचारले हारेको हो भन्ने भनाई पनि होइन यसलाई संचालन गर्ने मुख्य जिम्मेवारी बहान गर्ने तहमा पुगेका प्रचण्ड बाबुरामले बोेके नक्कली मालेमावाद र जनयुद्धको विचारले हारेको हो भन्ने नै हो ।
यी सबै परिरिस्थित हेर्दा जनयुद्धले हारेको नभइ प्रचण्ड बाबुरामको आत्मासमर्पणबादी चिन्तनका कारण स्वयम उनीहरुको पराजय भएको देखिन्छ ।
कमरेड माओ र नेपाली माओवादी 
स्याङसी प्रान्तको उ छि काउन्टी अन्तर्गत चाङ क्वानजी भन्ने एक गॉउमा लङमार्च अभियानको बेला माओको नेतृत्वमा लालसेना पुग्यो । १९३५ को यो समय थियो । त्यस दिन एउटा गरीबका ओडारमा रहेको घरमा माओ बास बसे । सो दिन त्यस परिवारले खाने कुरा अरु नभएकाले गहुको पिठोको खोले पकाएर एक कचौरा माओलाई दिएका थिए । तर त्यो बेला सम्म उनी माओ हुन् भन्ने कुरा सो परिवारलाई थाहा थिएन । झियाङ रुईसेन नामका एक वृद्ध भन्छन् पछि एक सेना आएर तपाईको घरमा राति बास बसेका मान्छे नै माओ हुन् भने पछि उनका आमाबाबु नतमस्तक भएका थिए रे ।
जब बिहान भाले बास्न थाल्यो त्यस पछि माओ र लाल सेनाहरु गन्तव्यतिर हिड्न थाले । त्यसै बखत कोमिन्ताङ सेनाले चौतर्फी घेराबन्दी गरेर आक्रमण शुरु गर्यो । तर पछि लाल सेनाले उनीहरुलाई पराजीत गरेर लखेटे । भ्mाङ रुईसेन अहिले आफ्नी श्रीमतिसगै सोही ओढारको घरमा बस्दै आएका छन् त्यसको संरक्षणका लागि । उनीहरुले माओले गहुको खोले खाएको कचौरा, पानी तताएको भाडो सबै सुरक्षित राखेका छन् । उनीहरुका तीन छोरा शहरमा काम गरीरहेका छन् र बाबु आमालाई शहरमा आउन भनिरहेका छन तै पनि उनीहरु माओ बसेको त्यस ऐतिहासीक थलोको सुरक्षा गर्न ६८ वर्षको उमेरमा पनि खटिरहेका छन् । माओले यही लम्बे अभियानमा जनताको ठूलो साथ पाउनुको कारण थियो सही जनजीति । जसमा माओ भन्ने गर्थे जनताको सियो धागो समेत सित्तैमा नलेउ । यसले जनतासग‘ श्रमसग‘ जोडिएर लालसेनाले ठूलो सफलता हात पार्यो ।
तर हाम्रो देशमा माओवादी धेरै छन् । माओवादी पार्टीको संख्या बढेको छ । तर धेरै नेता कार्यकर्ताको व्यवहार धनवादी जस्तो बन्दै गएको छ ।
काठमाण्डौ र अन्य शहरहरुमा घर घडेरी , गाडी , दारु , भारु भेटे पाए सम्म शान्तिपूर्ण राजनीतिमा आए पछि माओवादीको नाममा झ्वाम पार्नेहरुको संख्या बढेको छ । यसले एकातर्फ आदर्श नेता कार्यकर्ता पलायन हुन बाध्य पारीरहेको छ । अर्थात १० वर्ष लामो युद्धकालमा जन्मिएका माओवादी आदर्शहरु समाप्त हुदै गएका छन् । जनयुद्ध दिवसको खास सम्झना गरिदैन, शहीद सप्ताह कर्मकाण्डको रुपमा समाप्त हुन्छ । युद्धका अनेकौ स्मरणीयघटनाहरु स्मृतिबाट हटाउन थालिएको छ । त्यो धार बाहेक विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी जनताको बीचमा परिक्षण्को अवस्थामा छ । बाकीले युद्धकालीन आदर्श र धरातल लगभग गुमाईसकेका छन् । यसले माओवादको नाममा बगेको १७ हजार नागरिकको रगतको मुल्य र पशिनामाथि ठूलो धोका दिएको अनुभव जनता र कार्यकर्ताले गरेका छन् ।
जनयुद्धको निरन्तरता सम्भव छ ?
अब प्रश्न छ के फेरि सगरमाथाको देशमा बन्दुक उठ्न सक्छ रु के फेरि जनयुद्धले निरन्तरता पाउन सक्छ रु यो विषय पेचिलो छ । अहिले बिप्लव नेतृत्वको नेकपाले एकिकृत जनक्रान्तिको कार्यदिशा तय गरेर नया तरिकाबाट जनयुद्धको बाकी कार्यभार पूरा गर्ने बताइरहेको छ । मोहन  बैध्य नेतृत्वको माओवादीले पनि जनयुद्ध गर्ने भनी रहेको छ तर व्यबहारमा त्यो देखिएको छैन । प्रचण्ड बाबुरामलाइ प्रधानमन्त्री बनाउन मात्र युद्ध भएको थिएन । आर्थिक , सामाजिक परिवर्तन र जनताको मुक्तिको लागि एउटा ठुलो शसस्त्र बिद्रोहको खाचो छ । जो अब बिप्लवको नेतृत्वमा मात्रै संभावना छ ।

मङ्ल, फाल्गुन १, २०७४ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया