चेल्सीद्धारा वेष्ट ब्रोम पराजित , म्यान्चेस्टर सिटी शिर्ष स्थानमा


काठमाडौं, फागुन १ ।
चेल्सी इङ्गलिस प्रिमियर लिग फुटबलको चौथो स्थानमा उक्लिएको छ ।
चेल्सीको मैदानमा गएराति भएको खेलमा उसले वेष्ट ब्रोमलाई ३ – ० ले हराएको छ ।

घरेलु टोलीलाई विजयी गराउन एडिन हाजार्डले २ तथा भिक्टर मोसेसले एक गोल गरे ।

जितसँगै चेल्सीले २७ खेलबाट ५३ अंक जोडेको छ । समान खेलबाट ५४ अंक जोडेको लिभरपुल तेस्रो स्थानमा छ ।

५६ अंक जोडेको म्यान्चेस्टर युनाईटेड दोस्रो स्थानमा रहँदा शीर्ष स्थानको म्यान्चेस्टर सिटीको ७२ अंक छ ।

मङ्ल, फाल्गुन १, २०७४ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया