यसरी बनाएका थियौं भारतीय जेल ताेड्ने योजना : लोकेन्द्र बिष्टमगर


म भारतमा जेल पर्ने बेलामा केही उपचारका क्रममा थियौँ, केही मिटिङका क्रममा । त्यसैका लागि हामी त्यतातिर थियौँ । त्यही क्रममा हामी ११ जना साथी : म, कुलप्रसाद केसी, चित्रबहादुर श्रेष्ठ, अनिल शर्मा, तारा घर्ती, दिलीप महर्जन, हितबहादुर तामाङ गिरफ्तार भयौँ । गिरफ्तार बडो नाटकीय ढङ्गले भइयो । अचम्म लाग्छ, हामी फरकफरक ठाउँमा थियौँ । एकलाई अर्काे बसेको ठाउँ पनि थाहा थिएन । हामी अलगअलग ठाउँमा थियौँ तर हामी २० मिनेटमा सबै झ्यापझुप गिरफ्तारीमा प¥यौँ । हामीलाई चुट्दै, पिट्दै, लतार्दै अपमानित ढङ्गले सडकमा घिसारिरह्यो । त्यतिबेला एकले अर्कालाई देखियो । त्यतिखेर म पार्टीको पोलिटब्युरो सदस्य थिएँ । म २०५९ को अन्तिमतिर, २०६० सालको सुरुतिर पश्चिमबाट पूर्वी कमान्डमा आएको थिएँ । उपत्यकाभित्र मेरो जिम्मेवारी मकवानपुर, सिन्धुपाल्चेक र काभ्रे उपक्षेत्रीय ब्युरो थियो । त्यसको नेतृत्व मैले गर्थें । त्यहाँको जनमुक्ति सेनाको कमिसारको जिम्मेवारी पनि मेरो थियो । यही काम गर्ने सिलसिलामा पार्टीले मलाई पोलिटब्युरोमा बढुवा गरेको थियो । उपचार र बैठक गरेर यता आउने क्रममा हामी पटनामा गिरफ्तारीमा प¥यौँ । गिरफ्तार भएपछि हामीलाई राज्यद्रोहको मुद्दा लगायो । त्यसलाई हामीले इन्कार ग¥यौँ । राज्यद्रोह के हो भनेर हामी भन्यौँ । राज्यद्रोह नेपालको पनि र भारतको पनि द्रोह हो भन्यो । हामीले पनि के भन्यौँ भने हाम्रो देशमा हामी द्रोही होइनौँ, विद्रोही हौँ ।

अहिलेको राज्यसत्ता र राजतन्त्रका विरुद्ध लडेका छौँ । अझै लड्छौँ । तर हामी देश र जनताका द्रोही होइनौँ । यो कुरा हटाऊ तिमीहरूले । हामी भारत नजाने कुरै भएन । भारत त हाम्रो मित्र शक्ति हो । भारतको सरकार केकस्तो छ, हाम्रो आप्mनै विश्लेषण छ । अरूमाथि हस्तक्षेप गर्न पाइँदैन । असल छिमेकी हो भने अरूमाथि हस्तक्षेप र दमन गर्न पाइँदैन भन्दै हामीले इन्कार ग¥यौँ । हामीलाई चरम यातना दिइयो । त्यसपछि हामीलाई पटनाको बेउर जेलमा पठाइयो । बेउर भन्ने ठाउँमा ५२ बिघामा जेल छ । त्यहाँ ३५ सय–चार हजार कैदी हुन्छन् सधैँ । त्यहाँ बस्दा भाकपाका नेता–कार्यकर्तासँग खान, बस्न, घुलमिल गर्न पाइयो । एकअर्कामा छलफल, राजनीतिक बहस र कार्यक्रम पनि ग¥यौँ । आपूmलाई शारीरिक, मानसिक रूपले स्वस्थ राख्न सधैँ खेलकुद खेल्ने, बिहान दगुर्ने, पढ्ने, सातामा एकपटक साहित्यिक वक्तृत्वकलाजस्ता कार्यक्रम राख्थ्यौँ । जेलमा कस्तो अनुभूति भयो भन्दाखेरि नेपालभन्दा भारत कैयौँ गुणा पछि छ । त्यहाँ त्यतिबेला बनेका जेल भनेका १८९० तिरको जेलले अझै पनि काम गर्छन् । त्यहाँ हामीलाई गाईभैँसीलाई दिने कुँडोजस्तै खान दिन्थ्यो । कुँडो पनि खाइयो । के गर्ने, बाँच्नैप¥यो । त्यहाँ मोबाइल लुकाएर राखेको हुँदो रहेछ । हामीले लुकेरै फोन ग¥यौँ त्यहाँबाट । कतिपय साथीको फोन नम्बर कण्ठ थियो । साथीहरू पहिला त झस्के होलन् जेलमा बसेको मान्छेले कसरी फोन ग¥यो भनेर । हामी यहाँ यस्तो अवस्थामा छौँ । बाँच्न गाह्रो भयो । साथीहरू बिरामी हुन्छन् । गाईभैँसीको कुँडो खाइरहका छौँ । पैसा पनि छैन । सबै लुटेर लग्यो भनियो । अब केही खर्च पठाइदिनुप¥यो भनेपछि पार्टीले पठाइदिन थाल्यो । खर्च पठाइदिएपछि आपैmँले भातभान्छा गरेर खाइयो । अनि बल्ल मान्छेजस्ता भइयो । कस्तो लाग्छ भनेर भारतको त्यतिखेरको अवस्था हेर्दाखेरि मलाई ब्रिटिस साम्राज्यकै कब्जामा रहेको जस्तो लाग्यो । त्यहीँकै मान्छेले भने, भाकपा माओवादीका मान्छेहरू त एन्टी करेन्ट भए । त्यहाँ विधायक पनि थिए । अरू पनि थिए । तिनीहरूलाई पनि हामी कार्यक्रममा बोलाउँथ्यौँ । हामीले एउटा कार्यक्रम राख्यौँ । अब हामीले कसबाट सिक्ने ? भारतजस्ता देशले कसबाट सिक्ने ? अब चीनबाट सिक्ने कि अमेरिकाबाट सिक्ने वा जापानबाट सिक्ने भन्ने खालका कार्यक्रम राख्यौँ । त्यहाँकै मान्छेले भने– सिक्नुपर्ने चीनबाट हो । किनभने ब्रिटिस साम्राज्यवादबाट र १९४९ मा च्याङकाइसेकको शासनबाट चीन मुक्त भयो, हामीभन्दा दुई वर्षपछि मुक्त भएको हो चीन । चीनमा जनवादी क्रान्ति सम्पन्न भयो । अनि कैयौँ वर्षपहिले मुक्त भएको अमेरिकालाई पछि पार्दै चीन जसरी अघि बढेको छ, सिक्नुपर्ने तपाईं–हामीले पनि चीनबाटै हो । भारतको नीति, योजना, कार्यक्रम, शान्तिसुरक्षा, जेलका कुराहरू हेर्दा पञ्चायतकालको आभास हुन्छ ।

म पञ्चायत कालमा पनि बसेँ जेलमा २०४३ सालतिर, म दाङ जेल बसेँ ६ महिना । नेपालका पञ्चायत कालका जेलहरूभन्दा पनि त्यहाँका जेल धेरै पछि छन् । जनता असाध्यै धेरै पछिजस्तो । तथाकथित लोकतन्त्र, मोडेल लोकतन्त्र भन्छन् उनीहरू आफूलाई, लोकतन्त्रको मस्याहा ठान्छ आपूmलाई तर त्यहाँ धेरै कुरा पछि छ । जनता गरिबीमा छन् । असली लोकतन्त्र छैन । उनीहरू गाँस, बास, कपासको ग्यारेन्टी छैन । शिक्षाको स्थिति पनि त्यस्तै छ । जेलसम्बन्धी अवधारणा धेरै गलत छ ।

त्यसपछि भाकपा माओवादीले जहानाबाद जेल हानी जेलब्रेक गरे । जहानाबाद जेल ब्रेक गरेर त्यहाँबाट आप्mना करिब साढे तीन सय कैदी कार्यकर्ता र नेतालाई पनि लगे । लगेपछि ती हायतौँवा भए । आतङ्कित भए । भाकपा र नेकपा माओवादी मिलेर बेउर जेल हान्दिन्छन् भनेर कुन दुष्टले लगाइदिएछ । हामी पनि के कुरामा थियौँ भने अब जेल हान्नुपर्छ कि के हो । उस्तै परे भाग्नुपर्छ कि के हो । यी पर्खाल नाघेर भाग्नुपर्छ अब भनेर योजना बनाउँदै थियौँ हामी । ताराजी अर्को गार्डमा हुनुहुन्थ्यो । यता हामी दसजना थियौँ । त्यहाँ मैले कुरा चलाएँ– लौ साथी हो भाग्नुपर्छ । कुहेर कति दिन बस्ने यहाँ ? जेल तोडौँ अब । इतिहास पनि हुन्छ । यत्रा कैदीहरू छन् । यो त अनुकूल वातावरण हो नि ! एकचोटि ढोका खोल्नेबित्तिकै हुरुर्र सबै निस्कन्छन् । त्यही बेला डाङडुङ पारेर, गेट भत्काएर, पर्खाल नाघेर गइन्छ । पल्लापट्टि बसेका भाकपाका माओवादी नेतालाई गाडी ल्याएर राख भनौँ । गाडी ल्याएर तयार हुन्छन् । स्याटसुट ‘मङ्की क्राउजिङ’ मा जाबो यस्ता पर्खाल त नाघिहालिन्छ । पर्खाल त २०–२२ फिट अग्ला थिए । ती नाघ्ने तरिका थियो नि हामीसँग, तन्ना पल्लापट्टि फाल्ने, त्यसपछि मजाले गइन्छ । अब भाग्नुपर्छ । हात उठाऊँ कोको छौँ जाने, सहिद हुने ? ल अब यसै मरिने, त्यसै मरिने । कुहेर के मर्ने ? लडेर , छातीमा गोली खाएर मर्ने । भित्र डेर मर्न पाए ल बाँचे छि भित्र गएर मरिन्छ । मरेपछि सहिद भइन्छ । कुहेर बसिन्न । ल हिँड, ल हात उठाऊ भनेको, केही युवाले साहस गरे– तपाईं जे भन्नुहुन्छ त्यही । मर्न तयार को भनेपछि केही साथीले सकिन्न, हत्तेरी सकिन्न, असम्भव छ, यो दुस्साहस हुन्छ भन्नेतिर गए । त्यसपछि कसले त्यस्तो लगाइदियो, भाकपा र नेकपा मिले हान्छन्, बेउर जेल हान्दैछन् भन्ने सुनेपछि रातारात कुलप्रसादजी, म अनि पूर्वको राजेन्द्र कार्की, कुमार दाहालजीलगायत हामी पाँचजनालाई रातारात बक्सर जेल गङ्गा नदीकिनारमा लगेर राख्यो । खाना खाएर सुत्ने तरखरमा थियौँ । ‘पाँच मिनेटके अन्दर तयार होजाउ’ भन्यो । ए दुष्ट, यसले के गर्न थाल्यो भन्ने भयो । एकछिन त लाग्यो– नेपाल लगेर बुझाउने भयो । अर्को के प¥यो भने अब कहाँ लाने हो ! हामीसँग के थियो र सानासाना, जोगीका जस्ता कुटुरा त हुन् । हामीसँग धेरै सरसामान थिएन । अनि तयार भइयो । बाहिर निकाल्यो । हतकडी लगायो । आँखामा पट्टी बाँधिदियो । अनि सरसमान बोकाएर गाडीमा कोच्यो । रातमा गुटुटुटु गाडी हाँक्यो । कता हो कता लगेको छ । खासखुसखासखुस गर्दै कतिपय साथीहरूले अब त मार्ने रहेछ भन्दै थिए । कतिले नेपाललाई बुझाउँछ भन्दै थए । कसैले मनोवैज्ञानिक त्रास दिन खोजेको होला भने । सबैको कुरा सुनिसकेपछि मैले भनेँ– हामीलाई मार्दैन । अन्त कतै जेल लग्न सक्छ जस्तो लाग्यो । लाग्यो, बसमा मार्ने नै भएछ भने त्यही बेला तिनीहरूसँग लडौँला । हतकडी भए पनि नारा लगाउने, तिनीसँग एकपटक भए पनि हानाहान गर्ने भन्ने कुरा भयो । त्यसपछि बिहान चिसोमा एक ठाउँमा गएर गाडी घच्याक्क रोकियो । यसो हेर्दा पर्खाल देखियो । पुलिस पनि देखियो । जेलमा ल्याएको रहेछ । त्यसपछि भित्र लग्यो । हामीलाई त जेल होइन, सेलमा राखेको रहेछ । गोलघरमा । सेल भनेको उस्तै चौडाइ, उस्तै उचाइ, उस्तै लम्बाइ भएको ठाउँलाई गोल वा सेल भनिन्छ । सेल भनेको मानसिक तथा भौतिक रूपमा चरम यातना दिने ठाउँ हो । सेलमा सबैलाई हाल्दैन । त्यहाँ उनीहरूले खतरनाक र चुनौती ठानेको कैदीलाई हाल्छ । हामीलाई अलगअलग कोठामा राख्यो । बत्ती पनि छैन । चर्पी पनि छैन । एउटा बाल्टी दियो– दिसापिसाब त्यहीँ गर्ने भनेर । सानो कोठा छ, खाना घाम नअस्ताउँदै ल्याइदिन्छ । उसले जे दिन्छ त्यही खाने त हो । त्यसपछि दिउँसो एकपटक देखादेख ग¥यो । साथी जिउँदै छन् भन्ने त भयो तर भेटघाट गर्न र मजाले कुराकानी गर्न मिल्ने भएन । त्यसरी २० वर्ष पुरानो सेलमा राख्यो ।

जेलका पर्खाल अग्ला थिए । हामीलाई ल्याएको अघिल्लो दिन पर्खालवरिपरिका रूख काटेको रहेछ । त्यहाँ बिच्छी, सर्प, लामखुट्टे त कति हो कति । झनै बिच्छी र सर्पको सहिद भइएला भन्ने डर भयो । विषालु सर्प आछ्यानमै आउने । भित्र हुलेपछि चेन गेट लगाउने । दिनमा एकपटक घाम ताप्न बेलाउने अनि चेन गेटभन्दा पाँच कदम पर एउटा लाल्टिन बाल्ने । किन भन्दा सेन्ट्री हेर्न सजिलो होस् भनेर । मात्रै सर्प, बिच्छीले खाएर मरिन्छ भनेर झ्यापझुप कपाडाले छोपेर सुत्ने गरिन्थ्यो । गर्मी त्यस्तै, खलखल पसिना आउने । त्यस्तोमा देश र पार्टी सम्झेर बाँचियो । चिसो सम्झेर बाँचियो । सगरमाथा सम्झेर बाँचियो ।

त्यसपछि भारतमा साढे दुई वर्ष राख्यो । हामीलाई त्यो गिरफ्तारी पार्टीभित्रै अन्तरसङ्घर्ष बिग्रेर भएको हो भन्ने लाग्छ । मलाई लाग्छ– कतै न कतै घात भयो किनभने सँगै सडेको कोठाबाट कोही साथी सकुशल निस्कने, कुनै साथीहरू बस्ने । एकले अर्कालाई कसैले चिनेका छैनौँ । २० मिनेटभित्र सबै सरापसुरुप बढारेर लगेएको छ । अनि सोध्दा तिमीहरूकै साथीले त पक्राएको हो नि ! भन्छ । हामी त तिमीहरूको साथीबाटै आएका हौँ भन्छ । त्यतिखेरको अन्तरसङ्घर्षको कोपभाजनमा परियो ।

(कुराकानीमा आधारित) :राताे खबर साप्ताहिक

सोम, माघ २९, २०७४ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया