विमानको भग्नावशेषको खोजीकार्य जारी


 

रसिया, २९ माघ ।

मस्कोबाट रसियाको पश्चिमी क्षेत्रका लागि उडेर दुर्घटनामा परेको विमानका भग्नावशेष अहिले खोजी भइरहेको छ ।

मस्कोको बाहिरी भेगमा अवस्थित हिमपात क्षेत्रमा रुसको आपतकालीन
उद्धारकर्ताहरुले खोजी गरिरेहको अधिकारीहरुले बताइएका छन् । सो विमान आइतबार विमानस्थलबाट छुटेको केही समयमा दुर्घटनाग्रस्त भएको थियो ।

उक्त विमान सवार रहेका छ चालक दलका सदस्य ७१ व्यक्तिको मृत्यु भएको थियो । विमान उडेको केही समयमा नै भएको यस दुर्घटनामा परी विमानमा सवार सबैको मृत्यु पुष्टि भएको छ ।

विमान रसियाको राजधानी मस्कोस्थित डोमोडेडोभो विमानस्थलबाट रसियाकै पश्चिमी ओरेन्वर्ग क्षेत्रको ओस्र्कका लागि उडेको थियो ।

यस विमान दुर्घटना सम्बन्धी गठन भएको अनुसन्धान कमिटिले यो मानवीय गल्ती या प्राविधिक कठिनाई र मौसमको अवस्थाको कारण भएको हुनुपर्ने प्रारम्भिक अनुसन्धानमा बताएको छ ।

यसै हप्ता सो क्षेत्रमा भारी हिमपात भएकाले दुर्घटनाको कारण हिमपात नै भएको अनुमान पनि कमिटिको रहेको छ । तर आतङ्ककारी आक्रमणको भने कुनै सम्भावना नरहेको सो कमिटिको दाबी रहेको छ ।

एन्टोजोभ एन –१४८ विमान मस्को बाहिरी इलाकामा रहेको रमेनस्काई जिल्लामा खसेको थियो । सो दुर्घटना राजधाानीमा अवस्थित विमानस्थल डोमोडेडोभोबाट स्थानीय समयाअनुसार आइतबार अपराह्न २ः४८ मा विमान उडेको केही समयमा नै सो घटना भएको थियो ।

सो दुर्घटनामा परी ६५ जनायात्रु र ६ जना चालक दलका सदस्य मारिएका रुसको यातायात अनुसन्धान विभागले जानकारी दिएको छ । यस दुर्घटनामा परी तीन बालबालिका पनि मारिएका छन् ।

सोम, माघ २९, २०७४ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया