ओली–प्रचण्ड भेटवार्ता, के भयो छलफल?


काठमाडौँ, २९ माघ ।
नयाँ सरकार गठन र पार्टी एकता प्रक्रियालगायतका विषयमा नेकपा एमाले र माओवादी केन्द्रबीच आज छलफल भएको छ ।

पार्टी एकता र सरकार गठनलाई सँगसँगै अघि बढाउन सहमत दुई दलबीच पदीय भागबण्डा नमिल्दा एकता प्रक्रिया नै अन्योलमा परेको छ ।

एकतामा नीति र नेतृत्वमा सहमति जुटाउने पहल स्वरुप आज ललितपुरस्थित एक निजी निवासमा एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच भेटवार्ता भएको हो ।

उहाँहरुबीच दुबै दलका नेताहरुको पदीय हैसियत र भागबण्डा कसरी मिलाउने भन्नेबारे छलफल भएको अध्यक्ष ओलीका प्रेस संयोजक चेतन अधिकारीले जनकारी दिनुभयो ।

ओली र प्रचण्डबीचको भेटवार्तापछि चाँडै पार्टी एकता संयोजन समितिको बैठकको तयारी भएको छ ।

सोम, माघ २९, २०७४ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया