गाउँको नयाँ नाम राख्ने विषयमा झडप हुँदा १५ को मृत्यु


एजेन्सी । गाउँको नयाँ नाम राख्ने विषयमा सु्रु भएको झगडा कारण भएको हानाहानका परी  कम्तीमा १५ को मृत्यु भएको छ । दक्षिण सुडानको जोङलेई राज्यमा बिहीबार भएको झडपमा परी अन्य आठ घाइते भएको स्थानीय अधिकारीले जनाएका छन् ।

बोर जिल्लाको नाम परिवर्तन गरी कोलाङ पयाम राख्ने विषयले गएको मध्य हप्तादेखि विवाद सुरु भएको थियो । गत वर्षको यही विषयमा भएको असहमतिका कारण २० जनाको मृत्यु भइसकेको जोङलेई राज्यका सूचना मन्त्री जाकोब अकेच डेङले जानकारी दिनुभएको छ ।

गत बुधबार आन्तरिक लडाई भएको थियो, बिहीबार मात्रै झगडा सकियो, त्यस क्रममा १५ जनाको मृत्यु भयो भने अरु आठ जना घाइते भएका छन उहाँले बताउनु भएको छ ।गाउँको नामकै विषयलाई लिएर गत वर्षको डिसेम्बरमा एउटा समुदायले अर्को समुदायका व्यक्तिलाई आक्रमण गरेर मारेको मन्त्री डेङले बताउनुभयो ।

सोम, माघ २९, २०७४ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया