खोलामा ढुङ्गा टिपेर जिउने बालबालिका , कसको पुग्छ आँखा ?


काठमाण्डाै ,२० माघ ।
तारे होटेलहरुमा बाल अधिकारका बारेमा धेरै गोष्ठी र छलफल हुन्छन् । बाल अधिकार हनन भएको पनि सबैले स्विकार गर्दछन । यति हुदा हुँदै पनि लाखौ बालबालिका हरु जिउन कै लागि चर्को श्रम गर्न बाध्य छन् । यस्तै दृश्य देखिन्छ धरानको सेउती र सर्दु खोलामा खाने खेल्ने उमेरका स साना बालबालिकाहरु ढुङ्गा टिप्दै जम्मा गरेको देखिन्छ ।
ती बालबालिकाले जम्मा पारेको ढुङ्गा पाँच रुपैया प्रती स्क्वायर फिटले बिक्री हुन्छ । अर्थात एक ट्याक्टर ढुङ्गा पाँच सयमा बिक्री हुन्छ ।
स्कुल पढ्ने समयमै यसरी श्रम गर्न हातमा बेल्चा र कुटाे बाेक्न बाध्य बालबालिकाको भविष्य के होला ?
 
यसरी स्कुल जान नपाउने बालबालिकालाई बिधालय जान सहज गराउन बनेको समितिको पुर्व सदस्य दुर्गा शखरको नेतृत्वमा दुई दर्जन बालबालिकालाई कापी , कलम, लुगा दिदा समेत समेत स्कुल नगएको देखिएको बताउछन् ।
यसको कारण आर्थिक अभाव नै मुख्य रहेको उनको भनाइ छ ।

शनि, माघ २०, २०७४ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया

अन्य समाचार समाचार

Like us On Facebook

Follow Us On Twitter