भ्रष्ट्रचार, कमिशनखोर, कालोबजारिया मुक्त गर्ने नेकपाको अभियानमा राज्यले सघाउनुपर्छ : प्रकाण्ड

एकिकृत जनजनगरण अभियानमा के गर्दैछ नेकपा ?


नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले देशव्यापीरुपमा सुरु गरेको तीन महिने एकीकृत जनजागरण तथा भण्डाफोर अभियान, पार्टीको केन्द्रीय समितिका निर्णय र समसामयिक राजनीतिक विषयमा पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा (प्रकाण्ड)सँग गरिएको विषेश कुराकानीको सम्पादित अंश ।

नेकपाले सुरु गरेको तीनमहिने एकिकृत जनजागरण तथा भण्डाफोर अभियान कस्तो खालको अभियान हो ?

यो अभियान पार्टीको आगामी नयाँ चरणको कार्यक्रम हो । हामीले विगतको स्थानीय, प्रदेश र प्रतिनिधि सभा निर्वाचनविरुद्ध संर्घष गर्दा राष्ट्रिय राजनीतिमा हासिल गरेको नयाँ उचाई र उपलब्धीको जगमा पार्टीको आगामी कार्यक्रमको रुपमा एकिकृत जनजागरण अभियान भनेर तीन महिने अभियान अघि बढाएका छौ ।
अभियानका मुख्य उद्देश्यहरु भनेको एउटा पाटो दश वर्षको जनयुद्धका उपलब्धीहरु एकपछि अर्को गर्दै छिनिदैँछ । हरण गरिँदैछ । तिनका विरुद्धमा तरवार चलाईदैछ । यो प्रतिगामी संविधानको कार्यान्वयनमार्फत कथित ‘संघीय लोकतान्त्रिक गणतन्त्रको संस्थागत, चुनाव तथा प्रतिनिधि सभा, प्रदेश र स्थानीय निकाय’हरुको संरचना खडा गरेर ती उपलब्धीहरुमाथि तरवार चलाउने अन्तिम हरकत पनि गरिँदैछ । त्यही जनयुद्धका उपलब्धीका विरुद्ध भइरहेका षड्यन्त्रलाई चिर्दै उपलब्धी रक्षा र क्रान्ति प्रक्रियालाई अगाडि बढाउनका लागि हामीले यो अभियान चलाएका छौ । वैज्ञानिक समाजवाद स्थापना गर्ने उद्देश्यलाई केन्द्र भागमा राखेर हामी निरन्तर संघर्षमा छौ ।
यहाँहरु सबैलाई थाहा छ, मिडियाकर्मी, आम नेपाली जनता र एकाध विश्व जगतनै अवगतै छ कि पछिल्लो प्रतिनिधिसभा र प्रदेशसभाको चुनावमा हामीले संघर्षलाई एउटा उच्चाई प्रदान गरेका छौं । त्यसले नेपालमा क्रान्तिलाई, क्रन्तिका उपलब्धीहरुलाई निमिट्यान्न गर्नका लागि नयाँ र पुराना दलालहरुले गरिरहेका हर्कतहरु जसलाई चुनाव नाम दिइएको छ । केही दलाल तत्वहरुले जसरी यो देशमा संसदीय राजनीति मात्रै छ भन्ने ढंगले अफवाह फैलाउने र जनतालाई दिग्भ्रमित पार्न खोजेका थिए त्यो भ्रम चिरिएको छ ।

देशमा अहिले संसदीय राजनीति मात्र छैन, त्यो भन्दा महत्वपूर्ण कुरा क्रान्ति पनि छ र त्यो अगाडि अघि बढिरहेको छ भन्ने कुरा जनतामा प्रष्ट सन्देश दिएको छ ।
अहिलेको संसदीय चुनावी कार्यक्रम जनताको सत्ता र व्यावस्थालाई स्थापित गर्ने चुनाव नभएर नेपालमा सामन्तवाद र राजतन्त्रको अन्य भइसकेपछि साम्राज्यवादीहरुको मुख्य योजनामा रातारात नेपालमा उब्जाएको दलाल पूँजिपति वर्ग र त्यसको सत्ता र व्यावस्थालाई सुद्रिण गर्ने मुर्खतापूर्ण हर्कतका साथ अगाडि आएको छ । त्यसकारण त्यसलाई रोक्नका लागि धक्का दिन क्रान्तिको एउटा नयाँ प्रक्रिया अघि बढिरहेको छ । यो क्रान्तिको मोडल भनेको एकीकृत जनक्रान्ति हो । यसलाई नेपालमा लागू गर्ने सन्दर्भमा जनताले अहिलेसम्म हासिल गरेका उपलब्धीको रक्षा गर्दै त्यसको आधारमा आगामी क्रान्तिको तयारीको कार्यक्रमको रुपमा एकिकृत जनजागरण अभियान अघि बढाएका छौं ।

पूर्वमेचीदेखि पश्चिम महाकालीसम्मका जनताको घरदैलोमा नै पुगेर अभियान सन्चालन सञ्चालन हुन्छ भनिएको छ । यसले जनतालाई अनुभूत हुने के विषय बुझाउन खोज्नुभाछ ?

संसदवादीहरुले चुनावको घोषणा गरिसकेपछि र पछिल्लो समय नेकपा एमाले र नेकपा माओवादी केन्द्रले वाम गठबन्धन बनाएपछि यो दलाल पूँजिपति वर्गको सत्ता र व्यावस्था नै अन्तिम उप्लब्धि हो भन्नेजसरी ठूलो भ्रम सृजना गरिरहेका छन् । अर्को कोणमा भन्नुपर्दा कांग्रेस र मधेशवादी दलहरुलाई समेत उछिनेर आफुहरुलाई ‘सच्चा’कम्युनिष्ट भन्दै एउटा मात्रै कम्युनिष्ट पार्टी निर्माण गर्ने भनेर भ्रम सिर्जना गरिरहेका छन् । समाजवाद, सम्वृद्धि, उन्नती भनको यही हो भनेर जनतालाई सपना बाँडिरहेका छन् । यो सब साम्राज्यवादीहरुको डिजाईनमा नेपालका नयाँ र पुराना दलालहरुले गरेको भ्रम र सपना हो । यसले नेपाल र नेपालीलाई सधैं अधिकारविहीन र पछौटे बनाइराख्ने चाल हो । अभिव्यक्ति हुन् ।
अहिलेका गठबन्धन वाम नै होइन । २१ औ सताब्दीमा साम्राज्यवादको क्यारेक्टर उत्तर साम्राज्यवादी बनेर जसरी अगाडि आएको छ, त्यसैबाट सृजना गरिएको एउटा खतरनाक प्रवृत्ति हो यो । यो त मुख्यरुपमा सामाजिक दलाल पूँजीवाद हो ।
अहिलेका सचेत नेपाली नागरिक केहि हदसम्म संसदवादी दलहरु सत्ता र सरकारको भागवण्डामा रुमलिरहेको अवस्थामा देशको अस्तित्वमाथि बढ्दै गएको संकट, भ्रष्टाचार, कमिशन, महँगी, राष्ट्रघात, वैदेशिक हस्तक्षेप, दलालीकरणबारे जानकार छन् । जनताको यहि सचेतनाको विरुद्धमा षडयन्त्र गर्न संसदीय दलको नाम दिएर दलाल–पुँजिपति वर्ग र त्यसका पार्टीहरुले नयाँ नयाँ षडयन्त्र गरिरहेका छन् । नयाँ नयाँ षडयन्त्रको एउटा कडी भनेकै वाम गठबन्धन, कम्युनिष्टको नाममा समाजवाद, सम्वृद्धि र उन्नती जस्ता गुलियो नारा अघि सारेर पाँच वर्षसम्म वाम सरकार बने उलटपुलट भइहाल्छ झैं गरेर जनतामा भ्रम दिइरहेका छन् । यसो गर्नुमा दलाल संसदवादीहरुको चरित्र नै हो । त्यसैले यो चरित्रको भण्डाफोर गर्नु नै क्रान्तिको एउटा मुख्य अभिभारा हो । त्यही काम गर्न एकीकृत जनजागरण अभियान कार्यक्रम शुरु गरेका हौं । भण्डाफोर गर्नुपर्ने कार्यक्रमभित्र केही महत्वपूर्ण विषयहरु छन् ।
पहिलो, एमाले र माओवादीको त गठबन्धन वाम होईन, काग्रेस र एमाले, कांग्रेस र वामगठबन्धन अथवा लोकतान्त्रिक र वाम गठबन्धन दुईवटै एउटा सिक्काको दुई पाटो हो । सिक्का भनेको दलाल पूँजिवादी हो, दलाल पुँजिपति वर्गको सत्ता र त्यसको व्यावस्था । त्यसका दुईवटा पाटा मात्र हुन् । यो कुरा जनतामा राम्ररी बुझाउन जरुरी छ । त्यो कुरा हामी बुझाउँछौं ।
दोस्रो, दलाल–ससंदीय व्यवस्थाले समृद्धि, उन्नती गर्छ कि गर्दैन ? यसले सम्वृद्धि, उन्नती केही पनि कहिल्यै गर्दैन । सत्ता र कुर्सीको निम्ति अझ विदेशी शक्तिहरुका अगाडि थप आत्मासमर्पण गर्छ । विदेशी शक्तिहरुलाई अतिक्रमण र हस्तक्षेपलाई निम्त्याउँछ । आत्मासमर्पण गरेर राष्ट्रघात गर्छ । देशमा भ्रष्टचार, कमिसन, जनविरोधी हर्कतलाई मलजल र सहयोग गर्छ । जसका कारण देश र जनताको अस्तित्वमाथि नै प्रश्नचिन्ह उठाउने विववशता पैदा गराउँछ ।
त्यसकारण देश र जनतालाई बेफाइदा गर्ने र हितलाई मेटाउने हल्ला र भ्रमबाट जनतालाई मुक्त बनाउन भण्डाफोर कार्यक्रमले ठूलो सहयोग गर्छ भन्ने हाम्रो विश्वास छ । त्यसनिम्ति सबैखाले उत्पीडनबाट मुक्त र स्वतन्त्र देश र नागरिक हुन नेपाल कम्युनिष्ट पार्टीले क्रान्तिको नेतृत्व गरिरहेको छ । यसमा संगठित भएर निर्णायक क्राान्तिका लागि आगामी आन्दोलनमा आपूmलाई तयार गर्नुको विकल्प नेपाली जनताका अगाडि अरु छैन भन्ने कुरा राम्ररी बुझाउने कोशिस अभियानका क्रममा भरपुर हुन्छ ।

तेस्रो कुरा, जनतालाई संगठित गर्न संगठनात्मक संरचनालाई बलियो बनाउँछौ । संगठनबिना क्रान्ति सम्पन्न हुन सक्दैन भन्ने कुरा कम्युनिस्ट पार्टीले राम्ररी बुझेको छ । त्यो कुरा जनताको घरघरमा पुगेर कार्यान्वयन गर्नेछौं ।
चौथो, अहिलेका दलाल सत्ताले गरेका राष्ट्रघात, जनताका अधिकार खोसेर गरिएका जनघात र कठिनतम जनजीविकाका विषय असाध्यै जर्जर बनिरहेका छन् । यसलाई भत्काउन पनि नयाँ ढङगले सङघर्ष गर्नका लागि कार्यक्रमसहित जनतालाई आह्वान पनि गर्छौं ।

पार्टीले दलाल, बिचौलिया, काला बजारिया, भ्रष्ट्रचारीहरुमाथिको जनकारवाही तीव्र पार्ने भनेको छ । यसअघि कतिपयको नामै पनि सार्वजनिक भयो । आमजनताले चासोका साथ यो बिषय र तपाईहरुको गतिविधि नियालिरहेका छन् । यो योजना सफल होला त ?

भ्रष्टचारीलाई जनताको स्तरबाट कारवाही गरेर देशलाई भ्रष्ट्रचार, कमिशनखोर, कालोबजारिया मुक्त गर्न खोजेका हौं । यो काम त राज्य आफैंले गर्नुपर्ने काम हो । बरु हामीले त उसको काम पनि गरिराखेका छौं । यसमा राज्यले समेत सघाउनुपर्छ भन्ने हाम्रो चाहना हो ।
राज्य त भ्रष्टचार अन्त्य गर्ने भनेर नीति बनाउँछ उल्टै राज्यसंयन्त्र नै भ्रष्टचारका अखडा बनिराख्या छ । भ्रष्टचार अन्त्य गर्ने, शुन्यसहनशीलता जस्ता राज्यले गरेको घोषणा जनतालाई भ्रम दिएर लुट्ने काम जारी राख्ने योजनासहित दलाल संसदीय सत्ता लागिरहेको छ । यो विषयमा हाम्रो पार्टीको उद्देश्य र सरकारको योजना आकाश पताल फरक छ ।
अहिले मुलुकमा जति भ्रष्ट्रचार, कमिशन, कालोबजारी, आर्थिक अराजकता व्याप्त छ । सम्पूर्ण अराजकता राज्यको संरक्षणमा भइरहेको छ । जस्तैः जो व्यक्तिहरु भ्रष्ट्रचारी छन् । भ्रष्ट्रचार गरिरहेका छन् तिनै पात्र राज्यको महत्वपूर्ण निकायमा छन् । अनि राज्य भ्रष्टचारी भएन ? पोलिटिकल क्षेत्रमा पनि जुन दल सरकारमा जान्छ तीनै नेताले भ्रष्टाचार गर्छन् । यो त राज्य संरक्षित भ्रष्टचार र सबैभन्दा ठूलो भ्रष्टचार राज्यबाट भइरहेको छ ।
त्यसैले कामै नगर, जागिर छोड भन्ने या कामै गर्न नसक्ने स्थिति बनाउने प्रक्रियाहरु त होलान्, तर हाम्रो पार्टीको नीति भ्रष्ट्रचारलाई जरैबाट उखेलेर फाल्नु हो । यसको अन्तिम विन्दु नै राज्य सत्ताको अन्त्य हो । राज्यसत्ता नै अन्य गरिदिएपछि भ्रष्ट्रचारी जन्माउने कुरा नै रहँदैन । त्यसका लागि हामीले अहिले चरणवद्ध पहल अगाडि बढाइरहेका छौ ।

हाम्रो जस्तो राज्य शासनव्यवस्था अन्य कतिपय मुलुकमा पनि छ तर हाम्रो मुलुकमा मात्रै किन भ्रष्ट्रचारले व्याप्त रुप लिन्छ ?

सतही रुपमा भ्रष्ट्रचार छैन भन्ने महसुस भएको मात्रै हो तर उत्तर कोरिया र दक्षिणकोरियालाई हेर्ने हो भने सबैभन्दा ठूलो भ्रष्ट्रचार र कमिशनको खेल त्यहाँ भएको छ । स्वीट्जरल्याण्डलाई नै हेर्दापनि प्रष्ट हुन्छ । तर नेपालमा विश्वका सबै पूँजिवादी राज्यहरुमा भइरहेका भ्रष्ट्रचारलाई यहाँका राज्य र राज्यसञ्चालकले जितेका मात्रै हुन् ।
विश्वमा जहाँ पँुजिवाद छ, त्यहा भ्रष्टचार छ । सामन्तवाद, पुँजीवाद र संसदीय व्यवस्था नै भ्रष्ट्रचारको मूल स्रोत हो । भ्रष्ट्रचार, कमिशन, ठगी, उत्पीडनको स्रोत हो ।
नेपालमा डेमोक्रेट या लेफ्ट भन्नेहरु अब नेपालमा भ्रष्ट्रचारलाई उन्मूलन गर्छाैं भन्छन्, तर व्यावस्था संसदीय सत्ता दलाल पुँजिपति व्यावस्था छ ।
नेपालको सन्दर्शमा हेर्दा संसदीय व्यावस्था र दलाल पुँजिवाद रहेसम्म भ्रष्ट्रचारको अन्त्य कुनै हालतमा हुँदैन । यसले भ्रष्ट्रचार र राष्ट्घातले देशलाई मृत्यु अवस्थामा पुर्याउछ ।

राष्ट्रवादी शक्तिहरु एक हुनपर्छ भनिएको छ, यसलाई नागरिकले कसरी बुझ्ने ? को हुन् त राष्ट्रवादी ?

जो मान्छेले आफ्नो राजनीतिक यात्रामा सुरुदेखि अन्त्यसम्म राष्ट्रियताको पक्षमा लड्नेहरु नै राष्ट्रवादी हुन् । इतिहासमा चरम राष्ट्रघात गरेर चोखिन राष्ट्रवादको नारा बोक्नेहरु राष्ट्रिवादी होइनन् । सन् १९५० को सुघौली सन्धिदेखि यता प्रत्येक व्यवस्थामा सत्ताधारीहरुले निरन्तर राष्ट्रघात गरे । त्यो राष्ट्रघातका विरुद्ध संघर्ष गर्ने प्रवृति पात्र र शक्तिलाई राष्ट्रवादी भनिएको हो ।
जनताको मुद्दामा संर्घष गर्दा सबै राष्ट्रवादीहरु कम्युनिष्ट विचारधारामा नै आउँछन् भन्ने हैन । यसका विचारमा फरक हुनसक्छ । जब राष्ट्र रहन्छ राष्ट्रियता त रहिरहन्छ । राष्ट्रनै मेटिने खतरा देखिएको बेला राष्ट्रको रक्षाको निम्ति, मुक्ति र स्वाधीनताका निम्ति संघर्ष गर्ने विचार व्यवहार भएका शक्ति, व्यक्ति र समूहसँगको राष्ट्रिय एजेण्डासँगको सहकार्यको कुरा हामीले गरेका हौं ।

वाम गठबन्धनसँग मिलेर विदेशी शक्तिसँग लड्नुपर्ने स्थिति आउन सक्ने लक्षण देखिन्छ ?

वाम गठबन्धनसँग त राष्ट्रवादी छँदैछैनन् । यो त साम्राज्यवादी, विस्तारवादीहरुले डिजाइन गरेको गठबन्धन हो । अर्कोतर्फ सैद्धान्तिक दृष्टिकोणले निरन्तर राष्ट्रवादको कुरा बढी अर्थपूर्ण हुन्छ । नेपालमा कुनैबेला राष्ट्रवादी देखिएका थुप्रै राजनीतिक पात्र छन् ।
कुनैबेला राष्ट्रवादी देखिएको पात्र पछिल्लो समय अर्को व्यावस्थामा आइपुग्दा घोर राष्ट्रघाती देखिएको छ । राष्ट्रघातीको आरोप लागेका पात्र पनि पछिल्लो समयमा राष्ट्रवादी देखिएका छन् । यो गठबन्धनमा आफ्नो न्युनतम स्वविवेकको प्रयोग भएको छैन । जनअधिकार र राष्ट्रिय मुक्तिका निम्ति भयङकर घातक भएर आउँदैछ । वाम गबन्धन घाँसभित्र लुकेर रहेको हरियो सर्प हो ।

गठबन्धन बनाएर चुनावमा जाँदा अघि सारेका बहुसङख्यक पात्र भ्रष्ट छन् । उम्मेद्वार हुन र जित्नका लागी पनि दुई चार करोड बुझाउनुपर्ने भएपछि गरिब, निमुखा जनताको प्रतिनिधि कहाँ आउँछ ?

अहिले झोला बोकेर संगठन र आन्दोलनमा खटिएर जनताको काम गर्ने इमान्दार कार्यकर्ता पाखा लागेका छन् । भ्रष्ट तथा कमिसनखोरहरु जोसँग करोडौं रकम बगाउन सक्नेहरु मात्रै चुनाव जितेर आएका छन् । एमाले काग्रेसमा त यो थियो नै । पछिल्लो समय माओवादी केन्द्रमा पनि भइसक्यो ।

वर्तमान नेपाली समाजको अवस्थाबारे के मूल्यांकन छ पार्टीको ?

बिशेषगरी ०६२/०६३ तीर आईपुग्दा हाम्रो समाजको विकासक्रमलाई हेर्दा सामन्ती, उत्पीडन र सामन्तशासनबाट मुक्त भएको छ । यो समाज परिवर्तनको, विकासको एउटा पाटो हो ।
सामन्तवादबाट माथि उठ्दा यो समाजको चरित्र वर्गीय र सामाजिक दृष्टिले छुट्टिएको छ । आर्थिक रुपमा हेर्दा मजदुर, किसान, मध्यम वर्ग, राष्ट्रिय पँुजपति वर्ग पनि छ । हाम्रो समाजमा जातीको नाममा, धर्म र क्षेत्रको नामा शासन गर्ने छन् भने अर्को उत्पिडित (महिला , दलित, जनजाति, अल्पसङख्यक समाज पनि छ यो हाम्रो सामाजिक चित्र हो ।
अहिले समाजिक चेतना र उत्पादनको एउटा प्रक्रियाको दृष्टिले विगतको भन्दा अहिले मजदुर, किशान, अल्पसङख्यक जनताको स्तर उठेको छ । विगतमा निकै कमजोर रहेको तल्लो वर्गका जनताको स्तर ०६२/०६३ पछि केहि माथि उठेको छ ।
यस्तै पूँजिपति वर्ग (खासगरी उद्योगी, व्यवसायी) र राष्ट्रको अर्थव्यवस्थाको विकास नभइकन हाम्रो पनि संरक्षण हुँदैन । हाम्रो पनि अस्तित्व रहँदैन भन्ने निष्कर्षमा पुगेका छन् । र, त्यहिअनुसार क्रियाशील पनि छन् ।
पछिल्लो समय सामाजिक दृष्टिले उत्पिडनमा परेका जनता यति धेरै राजनीतिक सरोकारका आफ्नो मुद्दामा, आफूमाथि भइरहेको उत्पीडनको विरुद्धमा बोल्न, लड्न थालेका छन् । यो अमेरिका पनि यस्तो छैन हाम्रो देशमा मात्रै हो ।
यो हाम्रो समाजको आवश्यकता र चाहना छ । त्यो अनुसारको राजनीतिक परिवर्तन भएन । तर बडो बिडम्वना सामन्तवादको अन्त्य भइसकेपछि नेताहरु जो त्योबेला क्रान्तिको, आन्दोलनको नेतृत्व गरेका थिए तीनै नेताको धोकाधडिका कारणले जनता सत्तामा पुग्न सकेन । र दलाल–पुँजिवादी वर्ग आयो । तर म भन्छु यसको नेपालमा वेश नै छैन ।

अब क्रान्ति कुन वर्गको र कसले गर्ने ?
क्रान्ति अब हामीले गर्ने, क्रान्तिकारीहरुले गर्ने । वर्ग रुपान्तरण भइकन दलाल पूँजिपति वर्गमा, सामन्त वर्गमा गइसकेका त क्रान्तिको वेशमा आउँछ । नेपालका श्रमजीवि जनता, उत्पीडनमा परेका हाम्रो सामाजिक क्षेत्रले राष्ट्रघात भोगिराखेको यो देशका सबै राष्ट्रवादीहरुले क्रान्ति गर्ने हो ।
अहिलेको समाजमा एउटै वर्ग छैन । अर्थात वर्गविहीन भईसकेको छैन । बरु पछिल्लो दिनमा सम्बन्धित वर्ग मजदुर किसान, राष्ट्रिय उद्यमी व्यावसायी उनीहरुमा पनि विश्व राजनीतिमा, विश्व अर्थतन्त्रमा र प्रविधिमा आएको परिवर्तनले यहाँ पनि असर र प्रभाव पारेको छ । त्यसैले २०५२ सालमा जनयुद्ध सुरु गर्ने बेला जे थियो त्यो ठाँउमा छैन समाज । नयाँ ठाउमा आएको छ ।
हामीले यहाँ बुझ्नुपर्ने के छ भने, मध्यम वर्ग एउटा महत्वपूर्ण वर्गको बनेर ह्वात्तै अगाडि आएको छ । सामाजिक क्षेत्रमा स्थान लिने र प्रभाव जमाउने वर्गकै रुपमा आइसकेको छ । यो कुरालाई दृष्टिगत गरेर हामीले आगामी क्रान्तिका बारेमा सोच्नुपर्छ र अगाडि बढाउनुपर्छ ।

भण्डाफोर अभियानले वाम गठबन्धनलाई असर पुग्ला त ?
क्रान्ति छाडेर अर्कै क्लासमा गईसकेपछि पनि प्रचण्डहरु अहिलेपनि हामी कम्युनिष्ट हौ । नयाँ ढङ्गले क्रान्ति गछौ । भ्रष्टचार , कमिसनको उन्मुलन पार्छौ भनेर जनतालाई भ्रम छर्दै हिडेपछि त्यसको भण्डाफोर अनिवाय छ ।

दलाल संसदीय व्इवस्थाका पक्षधरहरु जनतामा जानेबेला एउटा शक्तिशाली कम्युनिष्ट पार्टी बनाउछौ, समाजवाद ल्याउँछौं । भ्रष्टचार, कमिसनको उन्मूलन गर्छौं । राष्ट्घातकाविरुद्ध संघर्ष गर्छौं । १९५० यताका असमान सन्धि सम्झौता सबै खारेज गर्छौं भनेर भन्ने नारा दिए । चुनावमा पनि त्यहिखालको परिणम आयो । अब सरकार बनाउने, अघि बढ्ने भनिरहँदा मालिकले हुँदैन भनिदिएपछि अप्ठ्यारोमा परेका छन् । त्यसैकारण मालिकको भ्रम चिर्न अब बन्ने पार्टी वाम पनि हुँदैन, कम्युनिष्ट पनि हुँदैन भनेर केपी ओली नै बोले र त्यही भएरै अनुनय विनय पनि गरेका हुन् । वास्तवमा एमाले र माके मिलेर बन्ने नयाँ पार्टी काम पनि बन्दैन र कम्युनिष्ट पार्टी पनि हुँदैन ।

राजनीतिक हिसाबले कति ध्रुवमा राजनीति चलिरहेको छ ?

संसदवादी दलका नेताहरुले भनेजस्तै यहाँ संसदीय राजनीति गर्ने संसदीय ध्रुव्र मात्रै छैन विश्वमा । नेपालमा त नेपाल कम्युनिष्ट पार्टीको नेतृत्वमा क्रान्तिकारी अर्थात जनताको ध्र्रुव पनि छ । आ–आफ्नो ध्रुविकरणका लागि उनीहरुले पनि कोशिस गरिरहेका छन् । त्यो त्यति नेचुरल देखिदैन । नेपालको कम्युनिष्ट आन्दोलनमा रहेका सबै क्रान्तिकारी कम्युनिष्ट पार्टी र कम्युनिष्ट नेता र कार्यकर्ता ध्रुविकृत एकीकृत हुनुपर्छ ।
देशमा राष्ट्रघात यतिधेरै बढेको छ । विदेशी अतिक्रमण र हस्तक्षेप अत्याधिक बढेको छ यसका विरुद्धमा यो राष्ट्रको मुक्ति र स्वाधीनता चाहने राष्ट्वादीहरु यो क्रान्तिकारी ध्रुवमा र आन्दोलनमा आउनुपर्छ । सच्चा गणतन्त्रवादीहरु पनि क्रान्तिकारी ध्रुवमा आउनुपर्छ । यो हाम्रो नीतिगत कुरा हो ।

अभियानपछि नेकपाका नेताहरु पनि राजधानी शहर फर्कने नै त हुन् भन्ने विश्लेषण पनि छ । कस्तो प्रतिक्रिया छ ?

तीन महिने आन्दोलनपछि पुन नेताहरु राजधानी नै फर्कने हुन् कि भन्ने जिज्ञासा हुनु स्वभाविकै हो । विगतमा कम्युनिष्ट आन्दोलनमा समस्या छ । क्रान्तिकारी आन्दोलनमा पनि समस्या छ । यो विशेषगरी ०६२/०६३ देखि यता जन्मिएका समस्या छन् । ती समस्याबाट मुक्त क्रान्तिकारी सच्चा पार्टी बनाएर हामी आन्दोलनमा छौं । यसको विरुद्धमा यस्ता समस्याहरु पनि आउँछन् । तर हामीले विगतदेखि अहिलेसम्म आईपुग्दा यसलाई सुधार्दैछौं ।
राजधानीमा दुईवटै वर्ग छ । सुकिलामुकिला सँगै ठूलो सङख्यामा मध्यम वर्ग छ । राष्ट्वादी शक्ति छन् । मजदुर, किसान पनि छन् । यद्यपि राजनीतिक प्रभाव सुकिलामुकिलाको छ । तर परिवर्तन चाहने जनतापनि यहाँ छन् ।
त्यसैले काठमाडाैं या देशका सबै शहरका परिवर्तन चाहने जनताको बीचमा पनि काम गर्न पर्यो र ग्रामिण क्षेत्रका किसानहरुका बीचमा पनि काम गर्न पर्यो । त्यो कामको तालमेल मिलाउने नीति छ त्यो ढङ्गको व्यावहार पनि अघि बढिरहेको छ ।
शहरमा प्रचण्ड जस्ता मान्छेलाई बिगार्यो जसले हिजो १० वर्षे महान जनयुद्ध हाँकेका थिए । किरणजीलाई पनि अप्ठ्यारोमा पार्यो । यता बादल बाबुराम जीहरुलाई पनि बिगार्यो त्यो सँगसँगै हामीलाई पनि बिगार्ने खतरा पनि थियो । जे बिगार्ने षड्यन्त्र भएको थियो र जे बिगार्ने कल्चर थियो त्यसका विरुद्धमा त जेहाद छेडेर आईसक्याैं । त्यसकारण हामीलाई बिगार्ने सम्भवना छैन अब ।

  • सिर्जना तिम्सना 

शनि, माघ २०, २०७४ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया

अन्य प्रमुख खबर समाचार

Like us On Facebook

Follow Us On Twitter