भारतले हडपेको जमिन नेपाल कम्युनिष्ट पार्टीले कब्जा गर्याे


१४ माघ,मोरङ । भारतले हडपेको जमिन नेपाल कम्युनिष्ट पार्टीले कब्जा गरेको छ ।

जिल्लाको कानेपोखरी गाउँपालि ४ स्थित रमाइलाेमा आइतरानी लिम्बुको ३९ बिगाहा जमिन धरानका अशोक अग्रवालले ललाईफकाई हडपेकाे भन्दै नेकपाले कब्जामा लिएको हो ।

लिम्बु मानसिक रुपमा अवस्था छिन । त्यहि मौका छोपि भारतीय खुपिया एजेन्सी ‘रअ’ का एजेन्ट समेत रहेका अग्रवालले उनको जमिन हडपेका हुन् । लिम्बु हाल काठमाडौंमा छिन भने उनका आफन्त हङकङ बस्दै आएका छन् । लिम्बु मानसिक रुपमा अवस्था भएपछि २ बर्षअघि नै भूमाफियाहरूले उनकाे जमिन बेचेर खान खाेजेका थिए । तर नेकपाले खबरदारी गरेर झण्डा गाडेपछि २ बर्षअघिदेखि कसैले पनि जमिन किनबेच गर्न सकेका थिएनन् ।

अग्रवालले आफन्त विदेश भएको मौका छोपि अवस्थ लिम्बुलाई ललाईफकाई गरी जग्गा हडपेपछि नेकपाकाे युवादस्ता राष्ट्रिय युवाजनस्वयमसेवक र विद्यार्थी सङ्गठन अखिल (क्रान्तिकारी)को संयुक्त टोलीले पुनः कब्जामा लिएको हो । आइतबार उक्त जमिनमा नेकपाले झण्डा गाड्दै जमिन किनबेच नगर्न अग्रवाललाई चेतावनी समेत दिएको छ ।

जनस्वयमसेवक र क्रान्तिकारीले उक्त जमिनमा युवाहरुलाई स्वरोजगार बनाउन विभिन्न कार्यक्रमहरु संचालन गर्ने जनाएका छन्

आइत, माघ १४, २०७४ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया

अन्य समाचार समाचार

Like us On Facebook

Follow Us On Twitter