मीनासँग सम्बन्ध विच्छेद गर्नुकाे कारणबारे मनाेजले फेसबुकबाट यसाे भने …….


९ माघ,काठमाडौं । चर्चित हाँस्य कलाकार मनोज गजुरेलले श्रीमतीसँगको सम्बन्ध विच्छेदबारे मुख खोलेका छन् । सामाजिक संजाल र मिडियामा सम्बन्ध विच्छेदबारे विभिन्न भनाईहरु सार्वजनिक हुन थालेपछि उनले आधिकारिक भनाई सार्वजनिक गरेका छन् ।

मनोजले श्रीमती मीना ढकाल र आफू पारिवारिक सहमतिका आधामार कानुनी रुपमै सम्बन्ध विच्छेद गरेको बताएका छन् । उनले छोरी आमाको र छोरा बाबुको अभिभावकत्वमा रहनेगरी सम्पत्ति दुवै पक्षका परिवारको रोहबरमा चार भाग लगाई बाँडफाड भको समेत खुलासा गरेका छन् ।

मीनाले आफूलाई जबरजस्ती मानसिक औषधि खुवाउन लगाएको आरोप लगाएपनि मनोजले भने कुनै टिप्पणी गरेका छैनन् । सामाजिका संजालमा मनोजले दुबै गलत नभएको तर फरक रहेका कारण सम्बन्धमा बाधिन नसकेको बताएका छन् ।

यस्तो छ गजुरेलको फेसबुक स्टाटस

श्रध्देय शुभेच्छुक महानुभावहरू,
सबैमा हृदयदेखि नमन !

मेरो पारिवारिक सम्वन्धका बारेमा सामाजिक सञ्जालहरूमा आएका समाचार, टिका टिप्पणी, जिज्ञासा र समाचारप्रति मेरो ध्यान आकृष्ट भएको छ । हामी (मीना ढकाल र मनोज गजुरेल) बिगत दुई दशकभन्दा बढि समयदेखी बैवाहिक बन्धनमा बाँधिएका हौं ।

हामीबाट एक छोरा र एक छोरी (मिरोज र मेमोरी)को जायजन्म भएको छ । हामी अलग परिवेश र फरक जीवनशैलीबाट आएको हुनाले होला, हाम्रो वैवाहिक जीवनको करिब प्रारम्भिक चरणदेखि नै सामान्य मतभेद हुँदै आएको थियो । हामीले हाम्रा सन्ततीको भविष्यका लागि पनि सकेसम्म मिलेर अगाडि बढ्न प्रयत्न गरेका थियौं तर यसलाई जिवन्त बनाउन सकेनौं । त्यसैले पारिवारिक सहमतिका आधारमा हामीले कानुनी रुपमै छुट्टिने निर्णय गर्यौं । यसक्रममा छोरी आमाको र छोरो बाबुको अविभावकत्वमा रहनेगरी सम्पतिलाई दुवै पक्षका परिवारको रोहबरमा चार भाग लगाई बाँडफाँड गरेका छौं ।

एउटा सामाजिक ब्यक्तिबाट यस्तो दुखद घटना जानकारी गराउनु आफैंमा सकारात्मक बिषय होईन । जीवनका धेरै पाटाहरु मध्ये पारिवारिक व्यवस्थापनको महत्वपूर्ण पाटो सफल पार्न नसकेकोमा तपाईंहरुसमक्ष क्षमाप्रार्थी छु । हामी दुबै गलत होइनौं तर फरक रहेछौं । त्यसै कारणले होला, दुई दशकभन्दा लामो सम्वन्ध जोगिएन ।

यो संवदनशिल घडीमा हाम्रा दर्शक, श्रोता, पाठक, आफन्त, परिवारजन एवं सम्पूर्ण शुभ चिन्तकहरुमा आग्रह गर्न चाहान्छु कि म, मिनाजी, हामी दुबैका परिवारजन र हाम्रा सन्ततीको जीवनमा तपाईंहरुबाट सकारात्मक सहयोगको अपेक्षा गरेको छु ।

अन्त्यमा, विवाहपूर्वको प्रेम, वैवाहिक जीवनको अनुभव र सन्तानसुखको मिठो अनुभूतिकालागि मिनाजीलाइ म अन्तर हृदयबाट धन्यवाद सहित सफलताको कामना ब्यक्त गर्दछु । सबैको मंगल होस्।

मङ्ल, माघ ९, २०७४ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया