“सामिप्य”


        – डा. उत्तम खनाल

नचिनेर के भयो खै !
साईनो गाँस्न जानिएन
चिनजानले पो के ग¥यो र
सँगै हाँस्न मानिएन ।

पिउनेहरु भन्ने गर्छन्
अमृतको नि नशा हुन्छ
मात्रा हेरी नलिएत
जिन्दजी नै दशा हुन्छ ।

फुल्दै गरे फूल पनि
स्पर्शको बाढी भेल
भूँईमा परे चुम्दैन खै !
जादो रैछ कुल्चि खेर ।

काँडा विच गुलाफ फुल्दा
भमरा नि झुम्दो रैछ
दर्शन भेटी चढाएर
बरु पाउ चुम्दो रैछ ।

फूलको आफ्नै सुगन्धले
के पो चर्चा पाउँछ होला
बखान गर्ने माली सँग
कति हुल आउँछ होला ।

रित जान प्रित जान
या त तिमि आफै मान
सजाएर वा वा गर्लान्
अधरको फुर्को बान ।

चोली सानो कसिएको
टप्प ज्यान सजिएको
मिठो मुस्कान लहरमा
सारा संसार रचिएको ।

डा. उत्तम खनाल
ना.न.पा ८, काठमाण्डौ ।
प्रतिकृयाः

बुध, पुस १९, २०७४ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया

अन्य कला-साहित्य समाचार

Like us On Facebook

Follow Us On Twitter