
-समीर यात्री
उस्तै उस्तै लाग्छ,
दिन ढल्दाको गोधुली
र, रात ढल्दाको प्रभात
कुनै मिठो भ्रम जस्तै ।
दिन ढल्छ
र, ढल्छ रात पनि
सुन्दर लाग्छ गोधुली
र, सुन्दर हुन्छ प्रभात पनि
उहिल्यै गरेको हो
यसको हिसाब हामीले ।
जब बुढो हुन्छ दिन
त्यो ढल्छ
ढल्नु अघिको पल
रंगीन हुन्छ
एक तमासको
मिठो मुस्कान जस्तै ।
जब छिप्पिन्छ दिन
र, ढल्किन्छ उमेर
छोटिदै जान्छ आयु
र, सकिदै जान्छ औचित्य
मृत्यु हुन्छ उसको
र, बिलय हुन्छ अन्धकारमा ।
दिनको मृत्युसगै
मृत्यु हुन्छ बुढा सपनाहरुको
र, मृत्यु हुन्छ कालातित चेतनाको पनि ।
मृत्यु हुन्छ बुढा पहरेदारहरुको
र, मृत्यु हुन्छ त्यसरी नै
गोधुलीमा प्रभाती सपना रेट्नेहरुको पनि ।
भोग्नेछ यो रातले पनि,
बुढो दिनकै नियति,
एउटा नौलो प्रभातको उदयसंगै
गुञ्जनेछन शंखध्वनीहरु
रातको अन्त्यष्टिमा,
गायब हुनेछन चमेरा र लाटोकोसेराहरु
र, गायब हुनेछन
भुस्याहा कुकुरहरु पनि,
ब्युझिनेछ नानीहरुको रहर
र, ब्युझिनेछन सूर्यमुखीका फूलहरु पनि ।
रेटिएका सपनाहरु समेत
जाग्नेछन कालकुट भएर ।
र,
रेटेर गोधुलीमा सपनाहरु
गोधुलीमै हराउनेहरुको नाममा
जारी हुनेछ “मोस्ट वान्टेड” सूचना ।
शुक्र, मंसिर २९, २०७४ मा प्रकाशित
यसमा तपाइको प्रतिक्रिया
अन्य कला-साहित्य समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonlineचर्चित समाचार
फिचर न्युज

रूद्र खड्का/ललितपुर, फागुन ७ । सन् २०१८ का मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनामा ५

काठमाडाैं, ४ फागुन । नेपाल कम्युनिष्ट पार्टीले माघ १ गतेदेखि सुरु गरेको संगठन सुदृणिकरण तथा

२०५२ फागुन १ गते तत्कालिन नेकपा माओवादीले जनताका नाममा अपिल जारी गर्दै ‘जनयुद्ध’को घोषणा

काठमाडौ, १ फागुन । नेपालमा दस वर्षे जनयुद्ध भएको आज २३ वर्ष पूरा गरी २४