१० जना महिला चित्रकारका चित्रहरु , जसले आन्तरिकदेखि बाह्य पर्यटकलाई मोहित बनायो (फोटो फिचर)

ललितपुर , २९ भदौ।

कमै सुनिन्छ महिलाले पनि चित्र बनाउछन् । तर यहि उदाउदो भविश्यलाई पछ्याउन सफल भएका छन् १० जना महिला हस्ती । उनीहरुले चित्रकारको रुपमा आफुलाई चिनाएका मात्रै छैनन् , स्वदेशी तथा बिदेशी पर्यटकहरुलाई मोहित पनि पारेका छन् आफ्ना तीनै कला ( चित्रकला) बाट ।

सबैभन्द कठिन चित्र बनाउन त्यसमा पबि जीवन्त प्रदान गर्नु । त्यसमध्ये पनि कठिन छ नेपाली कला सस्कृति , जातजाती , भेशभुषा , बिभिन्न धार्मिक कलासस्कृति उतार्नु र त्यसैबाट कुनै अकल्पनिय सन्देश छर्नु । तर त्यसलाई सहज बनाउदै अघि बढ्ने तीनै १० हस्ती रुना देवी डंगोल , युस्मा हाडा, अजेस्ना शाक्य ,श्रेया मास्के ,अस्मिता बज्राचार्य ,रक्क्षा के सी ,बिपना महर्जन , अलिसका अवाले ,निलिमा महर्जन र सीतु मास्केले तयार पारेका चित्रहरु तीन दिनसम्म पाटनको दरवार स्क्वारमा प्रदर्शनिमा राखिएको थियो ।उक्त प्रदर्शनीको मौका भने योङ्ग पिकासोले जुराईदियो ।

कला मार्फत केहि गर्ने उदेश्यले ललितपुरको पाटन संग्राहलयमा आयोजित तीन दिने चित्रकला प्रदर्शनी बिहिवार सम्पन्न भएको छ ।

गत मंगलवारदेखि सुरु भएको प्रदर्शनिमा १० जना महिला चिकारले तयार पारेका ४० वटा चित्र राखिएको थियो ।

प्रदर्शनीकै क्रममा ५० हजार भन्दा बढीको चित्र बिक्रि समेत भएको आयोजक योङ्ग पिकासोका निर्देसक अजय देशारले जानकारी दिनुभयो ।

      

 

पछिल्लो समय महिलाहरु पनि गृहिणी भएर मात्र नबसी आफुसँग भएको सिप कलालाई बाहिर ल्याउन थालेकोले त्यसलाई प्रात्साहन गर्न यो प्रदर्शनि आयोजना गरिएको देसारले बताउनु भयो ।

                                        यीनै हुन् १० महिला चित्रकारहरु

 

यस्ता कार्यक्रमले महिलाहरुलाई प्रोत्साहन गर्ने हुनाले नै भबिस्यमा पनि यस्ता कार्यक्रम अगाडी लैजाने पनि उहाँले बताउनु भयो ।

 

बिहि, भदौ २९, २०७४ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया