बर्दिया निकुन्जमा बाघ र हात्तीको संख्या बढेसँगै जनधनको क्षतीमा पनि बृद्धि

गुलरिया ,२९ भदौ ।
बर्दिया राष्ट्रिय निकुन्जमा गत दुई वर्ष यता हात्ती र बाघको संख्या बढेको छ । पछिल्लो पटक प्राविधिक टोलीले अनुगमन गर्दा ९ सय ६८ वर्ग किमी क्षेत्रफलमा ओगटेको निकुन्जमा हात्तीको संख्या सय बढी र बाघ ६२ पुगेको भेटिएको हो ।

निकुन्जमा अनुगमन गर्दा करिब ६२ वटा वयस्क बाघ पाइएको निमित्त संरक्षण अधिकृत रमेश कुमार थापाले जानकारी दिनुभयो । पछिल्लो पटक अनुगमन गर्ने क्रममा १३ वटा डमरु समेत फेला परेका छन् । सन् २०१३ मा गणना गर्दा बर्दिया निकुन्जमा ३५ देखि ५० वटा बाघ रहेको थियो ।

बाघको आहारा चित्तल, बँदेल, जरायो, लंगुवा लगायतका जनावर निकुन्जमा बढेकोको बाघको सङख्यामा बृद्धि भएको निमित्त संरक्षण अधिकृत थापाले जानकारी दिनुभयो ।
निकुन्ज लगायत मध्यवर्तीक्षेत्रको ठाकुरबाबा,मधुवन र बारबर्दियाको धधवार, नेउलापुर, बगनाहा, ढोढरी, सुर्यपटुवा र खाता जैविक मार्गमा समेत दैनिक बाघ र हात्ती फेला पर्न थालेको स्थानीयले बताएका छन् ।

बाघसँगै चितुवाको संख्या उल्लेखनीय रुपमा सामूदायिक वनमा बढेको उहाँको भनाई छ । ६ महिनाका दौरान दुई वटा पाठे बाघ मध्यवर्तीक्षेत्रमा आपसमा जुधेर मृत्यु भएको थियो भने एउटा वयस्क बाघ मृत अवस्थामा फेला परेको जिल्ला वन कार्यालयले जनाएको छ । निकुन्जमा हरेक चार वर्षमा बाघको गणना हुने गर्छ ।

गत वर्ष २०१६ मा बाघको गणना गरिएको थियो । ९ सय ६८ वर्ग किमी क्षेत्रफल ओगटेको निकुञ्जका बबई उपत्याका र कर्णाली नदी तटिय क्षेत्र बाघको उचित बासस्थान मानिन्छ ।

उता सङख्यामा बृद्धि भएसँगै बाघ र हात्ती दिनहुँ पूर्वपश्चिम राजमार्ग, मध्यवर्ती क्षेत्र लगायत आसपासका ग्रामिण बस्तीमा फेला पर्न थालेका छन् ।

हात्ती बढ्दै गएपछि मध्यवर्ती क्षेत्रमा दिनहु‘ प्रवेश गर्दै धनजनको क्षती पुरÞ्याउँदै आएको छ । गत वर्ष जंगली हात्तीले मध्यवर्ती क्षेत्रमा पा‘च जनाको ज्यान लिनुका साथै करिब सय घर भत्काउँदै दुई सय विघा क्षेत्रमा लगाइएको अन्नबाली सखाप पारेको थियो ।

बिहि, भदौ २९, २०७४ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया