वर्तमान सरकारले सत्ताको दुरुपयोग गर्यो : भट्टराइ


सप्तरी, भदौ २९ ।
नयाँ शक्ति पार्टीका संयोजक डा.बाबुराम भट्टराईले वर्तमान सरकारले सत्ताको चरम दुरुपयोग गर्दै निर्वाचन आचार संहितालाई उल्लघंन गरेको आरोप लगाउनु भएको छ ।

सप्तरीको राजविराजमा पत्रकारसँग कुरा गर्दै संयोजक भट्टराईले कांग्रेस सभापति समेत रहनु भएका प्रधानमन्त्री शेरबहादुर देउवाले २०५१ सालदेखि नै नियम–कानूनको चरम उल्लघंन गरिरहेको आरोप लगाउनु भएको हो ।

निर्वाचन आचार संहिता विपरित सरकारले मन्त्रिपरिषद विस्तार, कर्मचारी सरुवा बढुवा र राज्य कोषको चरम दुरुपयोग गरेको उहाँको आरोप थियो ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालमा पनि आफू युद्धको कमाण्डर नै भएपछि नियम कानून लाग्दैन भने मानसिकता रहेको उहाँको भनाइ छ ।

यस्तो हुँदा पनि निर्वाचन आयोग भने निरीह र लाचार बनेको उहाँले बताउनु भयो । निर्वाचन आयोग निरीह बन्नुमा दलीय भागबण्डाका आधारमा पदाधिकारी नियुक्ति गर्नु नै मुख्य कारण रहेको उहाँको भनाई थियो ।

बिहि, भदौ २९, २०७४ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया