श्रमिक आप्रवासका विषयमा साझा धारणा बनाउँदै एशियाका १२ राष्ट्र

ललितपुर, २८ भदौ ।

श्रमिक आप्रवासका विषयमा साझा धारणा बनाउन एशियाका १२ राष्ट्र सम्मिलित परामर्श बैठक आजदेखि राजधानीमा शुरु भएको छ ।

सुरक्षित, व्यवस्थित र नियमित आप्रवासका लागि विश्वव्यापी सहकार्य (जिसिएम)को खाकाको सम्बन्धमा ‘कोलम्बो प्रोसेस’मा आबद्ध एसियाका १२ राष्ट्रको साझा धारणा तयार उक्तm देशका प्रतिनिधि सहितको परामर्श बैठक शुरु भएको हो ।

भोलिसम्म चल्ने बैठकमा कोलम्बो प्रोसेसमा नेपालसहित भारत, चीन, कम्बोडिया, इन्डोनेसिया, पाकिस्तान, फिलिपिन्स, श्रीलंका, थाइल्याण्ड, भियतनाम र अफगानिस्तान सदस्य रहेका छन् ।

श्रम तथा रोजगार मन्त्रालयको आयोजना तथा अन्तर्रा्ष्ट्रिय आप्रवास संगठन (आइओएम) र विकास तथा सहायताका लागि स्विस एजेन्सी (एसडिसी)को सहयोगमा शुरु बैठकको श्रम तथा रोजगार राज्यमन्त्री डिल्लीबहादुर चौधरीले आज उद्घाटन गर्नुभयो ।

सन् २००३ मा स्थापना भएको कोलोम्बो प्रोसेसको हाल नेपाल अध्यक्ष राष्ट्र रहेको छ भने अर्को संस्था ‘अवुधावी डाइलग’मा पनि नेपाल सक्रिय सहभागी छ । यी मुलुकबाट वर्षेनी २५ लाखको हाराहारीमा रोजगारीका लागि विदेशिने गरेका छन् ।

संयुक्त राष्ट्र सङ्घको सन् २०१६ को महासभाले आप्रवास र शरणार्थीको सम्बन्धमा अन्तर्रा्ष्ट्रिय साझेदारीको खाका तयार गर्ने प्रतिबद्धता पारित गरेको थियो । राष्ट्रसङ्घको सन् २०१८ मा हुने ७३औँ महासभामा अन्तर्रा्ष्ट्रिय साझेदारीको सो खाकालाई पारित गर्ने लक्ष्य राखिएको छ ।

सोही अनुसार विश्वभरका मुलुक र क्षेत्रीय संगठनले आ–आफ्नो अनुकूलताको अवधारणापत्र तयार पारी राष्ट्र सङ्घमा छलफलका लागि पठाउँदैछन् ।

एशियाका १२ राष्ट्र सम्मिलित कोलम्बो प्रोसेसले पनि विशेषत श्रमिक आप्रवासमा झेल्दै आएका समस्या र समाधानमा केन्द्रित रहेर छलफल गरिरहेका छन् ।

कार्यक्रममा श्रम तथा रोजगार राज्यमन्त्री चौधरीले बैठकमा सहभागी १२ राष्ट्रको आप्रवासको समान समस्या रहेको र समाधानका लागि सहकार्य आवश्यक रहेको बताउनुभयो ।

 

बुध, भदौ २८, २०७४ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया

अन्य समाचार समाचार

Like us On Facebook

Follow Us On Twitter