माओवादी केन्द्रका कार्यकर्ताले आफ्ना उम्मेद्धारको हत्या गरेको राजपाको आरोप

काठमाण्डौ, भदौ २८ ।

राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले स्थानीय तहको तेस्रो चरणको चुनाव प्रचारमा जाँदा आफ्ना उम्मेदवारका भतिजको माओवादी केन्द्रका कार्यकर्ताले हत्या गरेको आरोप लगाएको छ ।

मंगलबार रौतहट मौलपुर नगरपालिका मेयरका उम्मेदवार रविन्द्र कुमार पटेल (धिरज) आफ्ना दाइ राजेन्द्र पटेलसहित पूरै परिवार चुनाव प्रचारमा हिँडेको र प्रचारका क्रममा माओवादी केन्द्रका कार्यकर्ताले सांघातिक आक्रमण गरी राजेन्द्रका छोरा बलवीरको हत्या गरेको राजपाले विज्ञप्तीमार्फत जनाएको छ ।

राजपाले न्यायिक छानवीन गरी दोषीमाथि कारबाही गरी पीडितलाई क्षतिपूर्ति दिन माग पनि गरेको छ ।

 

बुध, भदौ २८, २०७४ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया

अन्य देश/राजनीति समाचार

Like us On Facebook

Follow Us On Twitter