आफुमाथि लगाईएको थप प्रतिबन्धको उत्तर कोरीयाले अमेरीकालाई दियो कडा जवाफ

एजेन्सी,२८ भदौ ।

उत्तर कोरियाले आफुमाथि लगाईएको थप प्रतिबन्धको प्रतिक्रिया स्वरुप अमेरिकामाथि ठुलो आघात र्पुयाउने चेतावनी दिएको छ ।

प्योङयाङका राष्ट्रसंघीय दुतलेरवासिङ्गटन राजनितिक, आर्थिक र सैन्य टकराव तर्फ उन्मुख रहेको आरोप लगाएको बीबीसीले उल्लेख गरेको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले प्रतिबन्ध अत्यन्त न्यून रहेको भन्दै सजग हुन आग्रह गर्नुभएको छ । अन्तर्रा्ष्ट्रिय प्रतिबन्धलाई अटेर गरेको भन्दै राष्ट्रसंघले उत्तरको ईन्धन आपूर्ति र उत्पादनको निर्यातलाई ठप्प पार्ने नयाँ प्रतिबन्ध लगाउने घोषणा गरिसकेको छ ।

जेनेभामा भएको राष्ट्रसंघको सम्मेलनमा बोल्दै उत्तर कोरियाका दुत हान ति सङ्गले अमेरिकाले ईतिहासमा बेहोर्नु नपरेको दुस्ख खेप्नु पर्ने चेतावनी दिनुभएको हो ।

बुध, भदौ २८, २०७४ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया

अन्य विदेश समाचार

Like us On Facebook

Follow Us On Twitter