सिलवालले जाँदाजाँदै राजनैतिक दललाई लेखे यस्तो पत्र

२८ भदौ,काठमाडौं । प्रहरी नायब निरीक्षक (डीआईजी) नवराज सिलवालले मंगलबार राजनीतिक दललाई पत्र लेख्दै पदबाट राजीनामा दिएका छन् । अब नेपाल प्रहरी संगठन राजनीतिक हस्तक्षेपबाट ग्रसित भएको दाबी गरेका छन् ।

सिलवालले आफू अन्यायमा परेको भन्दै महानिरीक्षक बन्न पाउनुपर्ने मागदाबीसहित सर्वोच्च अदालतमा दर्ता गरेको रिट मंगलबार सर्वोच्चले खारेज गरिदिएपछि कर्तव्यको बाँकी ६ महिनासमेत धैर्य नगरीकन भावुक विज्ञप्ति सार्वजनिक गर्दै नेपाल प्रहरी सेवाको सम्पूर्ण जिम्मेवारीमा राजीनामा दिएका हुन् ।

पत्रमा कानून पालना गराउनमा जीवनको ऊर्जाशील समय खर्च गर्दैगर्दा दलहरुको बद्नियत शिकार हुन पुगेको दुखेसो पोखेका छन् । राजनीतिक प्रक्रिया बन्ने कानूनलाई राजनीति नेतृत्वबाटै हस्तक्षेप हुनु एउटा कर्मठ सीपाहीको मनोबल र भविष्य कसरी बिग्रन्छ भन्ने कुराको प्रमाण आफूलाई हेरेर काम गर्न आशय समेत पत्रले दिएको छ ।

नेपाल प्रहरीलाई राजनीतिको आधारमा परिचालन गर्ने दबाब आफूमाथि निकै परेको र कानूनलाई बायाँ हातको खेल बनाउनेहरुबाट प्रहरी संगठनलाई मनपरी ढंगले चलाउने खोजिएको मंगलबार जारी प्रेसविज्ञप्तिमा उल्लेख गरेका छन् । प्रहरीलाई राजनीतिक दाउपेज पारिएको उनको भनाई छ ।

न्यायलायमाथि राजनैतिक आक्रमण भएको सिलवालको दाबी छ । ‘लामो न्यायिक लडाईको दौरानमा हुन गएको समयको बर्बादी, साधन–स्रोतको क्षति, न्यायलायमाथि राजनैतिक आक्रमणबाट न्यायप्रेमीहरु आघात छन्’ विज्ञप्तिमा भनिएको छ ।

आगामी दिनमा कानूनको उपहास गर्ने अराजनीतिक चरित्रको शिकार कुनैपनि नेपाली हुनबाट सचेत हुनुपर्नेमा जोड दिँदै ‘मलाई हराउन र निचा देखाउन हरतरहले लागेकाहरुले पनि जीतको अनुभूति सकेका त छैनन्’ विज्ञिप्तमा उल्लेख गरिएको छ ।

बुध, भदौ २८, २०७४ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया