जयबहादुर चन्दलाई हानेको तिरले आफै ढले नवराज सिलवाल


२८ भदौ,काठमाडौं । सर्वोच्च अदालतले प्रहरी नायब महानिरीक्षक (डिआइजी) नवराज सिलवालले दायर गरेको निवेदन खारेज गरेरै छोड्यो । आफू प्रहरीको प्रमुख हुन पाउँनु पर्ने भन्दै उनी सर्वोच्चको ढोकामा पुगेका थिए ।

सिलवालको रिटकै कारण जयबहादुर चन्दले प्रहरीको प्रमुख हुन पाएनन् । त्यसपछि प्रकाश अर्याललाई सरकारले प्रहरी प्रमुख बनायो । सर्वोच्चमा सुशीला कार्की हुनेबेलासम्म सिलवालको निकै चर्चा पाएका थिए । सर्वोच्च तर कार्कीको अवकाशसँगै सिलवालको चर्चा हुन छोड्यो ।
जयबहादुर चन्दलाई ढाल्न हानेको बलले सिलवाल आफै ढलेका छन् । सिलवालले चन्दलाई प्रहरी प्रमुख हुनबाट रोके तर सिलवालले भने प्रहरी सेवाबाट सधैका लागि बिदा लिनुपर्ने अवस्था आयो ।

दायर गरेको रिट सर्वोच्च अदालले खारेज गरेसँगै सिलवालले प्रहरी सेवाबाटै बाटै विदा लिनु परेको छ । उनले प्रहरी संगठनलाई राजनीतिक हस्तक्षेप रोक्न, स्वास्छ बनाउन आफूले कानुनी लडाइँ लगेको बताउँदै सिलवालले मंगलबार राजिनामा दिएका छन् ।

प्रधानन्यायाधीश गोपाल पराजुलीसहितको पूर्ण इजलासले डिआइजी सिलवालको रिट मंगलबारै खारेज गरेको थियो ।

बुध, भदौ २८, २०७४ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया