भ्रष्टाचार आरोप लगाएर प्रतिष्ठा ध्वस्त पारेको ब्राजिलका राष्ट्रपतिको आरोप

काठमाडौं, भदौ २८ ।
ब्राजिलका राष्ट्रपति मिसेल टेमेयरले भ्रष्टाचारको आरोप लगाएर न्यायालयले व्यक्तिको प्रतिष्ठा ध्वस्त पारेको आरोप लगाउनु भएको छ ।

सर्वोच्च अदालतका एकजना न्यायाधीशले टेमेयर विरुद्ध नयाँ भ्रष्टाचारको मुद्दामा अनुसन्धान गर्न अधिकार दिएको केही घण्टापछि नै टेमेयरले विज्ञप्ति मार्फत यस्तो आरोप लगाउनु भएको अन्तराष्टिय सञ्चार माध्यमले जनाएका छन् ।

ब्राजिलका अन्य नेताहरुसहित राष्ट्रपति टेमेयर ‘अपरेशन कार वाश’ भनिने भ्रष्टाचार काण्डमा तानिएका छन् । राष्ट्रपति टेमेयरले भने भ्रष्टाचारको आरोप अस्वीकार गर्नु भएको छ ।

‘अपरेशन कार वाश’ ब्राजिलको सबैभन्दा ठूलो भ्रष्टाचार अनुसन्धान हो । यसमा उच्च तहका व्यक्तिका लागि दिइएको घुसबारे तीन वर्षदेखि अनुसन्धान भइरहेको छ ।

अनुसन्धानमा अघिल्ला दुई राष्ट्रपति पनि मुछिएका छन् । ब्राजिलमा एक पछि अर्को गरी राष्ट्रपतिहरु भ्रष्टाचार काण्डमा मुछिएका छन् ।

बुध, भदौ २८, २०७४ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया

अन्य विदेश समाचार