दशैका लागि नयाँ नोट वितरण आजबाट

काठमाडौं ,भाद्र २८।

हिन्दु नेपालीहरुको महान चार्ड विजया दशमीका लागि नेपाल राष्ट बैंकले आज देखि नयाँ नोट वितरण सुरु गरेको छ । राष्ट बैंकले ५,१०,२०,५० र सय रुपैया दरका नयाँ नोट सटही सुरु गरेको हो ।

त्यसका लागि राष्ट बंैकले आफैले मात्र नयाँ नोट वितरण नगरेर अन्य सरकारी वाणिज्य बैंकहरुलाई पनि नयाँ नोट वितरण गर्ने जिम्मा दिएको छ । राष्ट वैंकको थापाथली कार्यालय, नेपाल बंैक,राष्टिय वाणिज्य बैंक तथा कृषि विकास बैंक बाट नयाँ नोट साट्न सकिने छ ।

राष्ट बैंकका अनृुसार नेपाल बैंकका न्यूरोठ, बालाजु, कीर्तिपुर, भक्तपुर, पाटन औद्योगिक क्षेत्र, राष्टिय वाणिज्य बैंकको सिंहदरबार प्लाजा, नयाँ बानेश्वर टेकु, साने ठिमी नक्साल, विशालबजार र कृषि विकास बैंकका गौशला, कोटेश्वर, रत्नपार्क, रामशाहपथ तथा मंगलबजारबाट नयाँ नोट सटही गर्न पाइनेछ ।

राष्ट बैंकको थापाथली कार्यालयबाट प्रतिव्यक्ति २७ हजार रुपैयाँका दरले नयाँ नोट सटही गर्न पाउने छन् भने अन्य सरकारी वाणिज्य बैंकबाट प्रतिव्यक्ति २० हजार रुपैया मात्र नयाँ नोट सटही गर्न पाइनेछ ।

तर राष्ट बैंकले तोकिएका वाणिज्य बैंकहरुलाई आवश्यकता अनुसार गत भदौ २१ गते देखि नै नयाँ नोट उपलब्ध गराउँदै आएको छ ।

बुध, भदौ २८, २०७४ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया

अन्य विजनेस समाचार