प्रधानमन्त्री देउवाले आज विभिन्न स्थानको चुनावी सभालाई सम्बोधन गर्दै

काठमाडौं भाद्र २८।
तेस्रो चरण अन्तरगतको दुइ नम्बर प्रदेशमा हुने स्थानीय चुनावको अभियानमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले आज धनुषाको जनकपुर र महोत्तरीको बर्दिबासमा हुने चुनावी सभालाई सम्बोधन गर्दै हुनुहुन्छ ।

प्रधानमन्त्री देउवाले जनकपुर उपमहानगरपालिकाको चुनावी सभालाई दिउसो १ बजे सम्बोधन गर्ने कार्यक्रम रहेको उहाँको सचिवालयले जनाएको छ ।

त्यस पछि उहाँ अपरान्ह बर्दिबास जानु हुने र त्यहाँको चुनावी सभालाई संबोधन गर्ने कार्यक्रम रहेको कंग्रेसले जनाएको छ ।

दुइ नं प्रदेशको स्थानीय तहको निर्वाचनलाई प्रतिष्ठाको विषय बनाएका कंग्रेसका शीर्ष नेताहरुले चुनावी सभामा संयुक्त सहभागिता जनाएका छन् ।

तराईका आठ वटै जिल्लामा हुने चुनावी सभालाई प्रधानमन्त्री एवं पार्टी सभापति देउवा सँगै वरिष्ठ नेता रामचन्द्र पौडेल महामन्त्री शशांक कोइराला सहित का शीर्षस्त नेताहरुले संबोधन गर्ने कंग्रेसले जनाएको छ ।

प्रधानमन्त्री देउवा आगामी ३० गते पर्साको विरगन्जमा आयोजना हुने चुनावी सभालाई सम्बोधन गरेपछि काठमाडौं फर्कनु हुने उहाँको प्रेस संयोजक गोविन्द परियाले जानकारी दिनुभयो ।

कंग्रेसले प्रधानमन्त्री एवं पार्टी सभापतिको उपस्थितीमा दुइ नं प्रदेशका आठ वटै जिल्लामा चुनावी सभाको आयोजना गरेको छ ।

बुध, भदौ २८, २०७४ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया