इजिप्टमा आईएसद्वारा १८ प्रहरीको हत्या

इजिप्ट, भदौ २७ ।
इजिप्टको उत्तरी सिनाईस्थित अल आरिस शहरमा आतंकवादी संगठन ‘इस्लामिक स्टेट’ (आईएस)ले १८ जना प्रहरीको हत्या गरेको छ ।

घटनामा अन्य आठ जना घाइते भएको बताइएको छ । प्रहरीको टोलीमाथि आईएसका कार्यकर्ताले आक्रमण गरी हत्या गरेको अन्तराष्टिय सञ्चारमाध्यमले जनाएका छन् ।

गस्तीमा रहेको सुरक्षाकर्मीको गाडीलाई लक्षित गर्दै आईएसका कार्यकर्ताले बम विस्फोट गराएको र त्यसपछि प्रहरीको हत्या गरेको बताइएको छ ।

 

मङ्ल, भदौ २७, २०७४ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया