इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत वेष्ट ह्याम विजयी


काठमाडौ २७ भदौ ।
इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत वेष्ट ह्याम विजयी भएको छ । गएराति घरेलु मैदानमा सम्पन्न खेलमा हर्डसफिल्डलाई २–० ले पराजित गर्दै वेष्ट ह्यामले प्रिमियर लिगमा पहिलो जित हो ।

वेष्ट ह्यामका लागि पेट्रो ओबियाङ र आन्ड्रे आयुले एक एक गोल गरे । पहिलो हाफमा गोलरहित बराबरी भएको खेलमा वेष्ट ह्यामले दुवै गोल ७० मिनेटपछि ग¥यो ।

७२ औं मिनेटमा ओबियाङले गोल गर्दै वेष्ट ह्यामलाई अग्रता दिलाए । त्यसको पाँच मिनेटपछि आयुले गोल गर्दै वेष्ट ह्यामलाई २–० को जित दिलाए ।

पहिलो जितपछि वेष्टह्यामले तीन अंक जोडेको छ । यहि सिजन प्रिमियर लिगमा बढुवा भएको हर्डस्फिल्डले लिगमा पहिलो हार व्यहोरेको छ । पराजित टोली हर्डस्फिल्ड सात अंकसहित छैटौं स्थानमा छ ।

मङ्ल, भदौ २७, २०७४ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया