उत्तरकोरीयाले युद्धको तयारी स्वरुप ठुला ठुला सुरुङ खन्न थाल्यो , एक घण्टामा ३० हजार आर्मी दक्षिण कोरीया प्रवेश गर्न सक्ने


एजेन्सी भदौ २६ । अमेरीकाले राष्ट्रसंघ सुरक्षा परिषद् मार्फत थप प्रतिवन्ध लगाउने र पटक पटक सैन्य कार्बाहीको चेतावनी दिईरहेका बेला उत्तर कोरीयाले देशमा संभाव्य युद्धका लागि धमाधम सुरुङ खन्न आदेश दिएको छ ।
राष्ट्रपति किम जोङ उनले ८४ वटा विशाल सुरुङ खन्न आदेश दिएको अन्तराष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् ।

यस्तो टनेलमा आणविक युद्धका बेला जनतालाई सुरक्षित गर्न सक्ने विस्वास सहित अत्याधुनिक टनेल निर्माण थालिएको हो ।

यस अघि देखि नै पनि युद्धको प्रयोजनका लागि ठूल ठूला सुरुङहरु खनिसकिएका छन् ।

केही समय पहिले दक्षिण कोरीयाली सेनाले ४ वटा सुरुङ पत्ता लगाएको थियो । जहाबाट ३० हजार आर्मी एक घण्टा भित्र दक्षिण कोरीया पुग्न सक्ने छ ।
यस टनेलमा पानीको पाईप र विजुलीको व्यवस्थाका साथै बख्तरबन्द गाडी पनि ओहोर दोहोर गर्न सक्छ ।

दक्षिण कोरीयाले यो टनेलको तयारी आफ्नो मुलुक बिरुद्ध युद्धको तयारी भएको भन्दै चिन्ता जनाएको छ ।

सोम, भदौ २६, २०७४ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया