राति श्रीमति भएर भित्रिएकी म उज्यालो हुँदा ……….

बोल्नमा निडर अनी प्रष्ठ वक्ता । पहिलो पटक एक अन्तरक्रियामा भेट्दा बोल्न नहिच्किचाईकन सोध्यौ , तिमि कहाँबाट ? मैलेपनि सहज जवाफ फर्काए कैलालिबाट । अनी तिमि ?

सायद तिमिलाई मैले गरेको सम्बोधन मन परेन । जवाफ नफर्काई अर्का पट्टि नसुनेझै गरेर फर्कियौ । मलाई पनि तिमिले सोधको मन परेको थिएन , चिन्दैनचिनेको मान्छे सिधै तिमि त्यसैले मैले पनि त्यस्तै जवाफ फर्काएकि थिए ।
तर हामि त्यसको एक महिनापछि एउटा तालिममा भेट भयौ । चार दिने तालिम भएकाले मौका प्रसस्त थियो । त्यसैले गफगाफ राम्रसँग भयो ।

तालिमको पहिलो दिन तिमिले मलाई उठाउदै अ सुनिता जी भन्नुस् त तपाई समाजमा गएर कसरी कन्भिन्स गर्नुहुन्छ मान्छेलाई ? जस्तोसुकै स्वभावका हुनसक्छन् । भनेर साध्यौ
मैले जस्तो परिवेश छ त्यहि अनुसारको ब्यावहार गर्छु , कस्ले होच्याएर बोल्या छ र कहाँको चालचलन कस्तो छ त्यो छुट्याएर अघि बढ्छु भन्ने जवाफ दिए ।

तिमि मुसुक्क हास्यौ । त्यसपछि हामिबीच गपगाफ र नजिकपन बढ्दै गयो । हामि कहिलेकाहि कार्यक्रमहरुमा सँगै हुन्थ्यौ । यस्तैमा १ बर्षपछि तिमि अचानक हाम्रो घर आयौ । त्यसपछि थाहा भयो मेरै दाईसँग पढेका रहेछौ तिमिले ।

हामिबीच अझ फरक खालको आत्मियता बढ्यो । करिब २ बर्ष बितेको हुनुपर्छ । हामिबीच घनिष्ठता थिया तर साथीको भन्दा माथि हामि बढेका थिएनौ तर अचानक मेरो बाबाले घरमा बिहेको कुरा निकाल्नुभयो । अनी केटा कुरा छिन्न भोली बिहान आउदैछन् भन्ने सुनाउनुभयो ।
मैले झगडा पनि गरे उहाँसँग । चिन्दै नचिनेको मान्छे , को हो ? केहो ? अचानक कुरा छिन्न ? म अझै केहि समय बिहे गर्दिन । भन्दै आफुले बाहिर गएर पढ्ने सोचिरहेको सुनाए ।
बुबाले भन्नुभयो , एनजिओमा काम गछौ , कमाई राम्रो छ , केटा पनि ठिक छ देखेपछि अश्वीकार गर्दिनौँ छोरी । पछि गएर पढेपनि भैगो नि । बिहे गरेपछि हाम्रो जिम्मेवारीपनि कहाँ सकियो र ? सबै सहयोग गछौ हामि भनेर सम्झाउनु भयो ।

चुप लागे । रातभर निन्द्रा लागेन , धेरैबेर बसेर रोए पनि । अनी बिहानीपख कतिबेला निन्द्रा पर्यो थाहै पाईन । पछि अचानक आमाले उठ छोरी । पाहुना आएका छन् तिमि अझै सुतिरहेकी भन्दा बिहुझ्ीए ।

जव म चिहा लिएर गए । छक्क परे तिमिलाई देखेर बिसाल । एकछिन् त तिमि किन आयौ भन्ने भयो तर बाबाले धेरैबेर सोच्न दिनुभएन । उहाँले भन्नुभयो छोरी , विसाल नै हुन् तिमिसँग बिहेको कुरा छिन्न आएका ।
मैले केहि बोल्न सकिन । एक्लै कुरा गर्छु भनेर बाबासँग अनुमति माग्यो अनी मलाई हिड न भन्यौ । म केहि नबोलि हिडे । गार्डेमा पुगेपछि तिमिले हात समातेर भन्यौ ,सुनिता म तिमिलाई मन पराउछु । हुन त पहिले यो कुरा बाबा आमालाई भन्दा तिमिलाई भन्नुपथ्र्यो त्यसो गरिन । तर म आज तिम्रो निर्णयको सम्मान गर्छु । तिम्रो के छ विचार ?
मैले केहि बोल्न सकिन , त्यहाँबाट फर्किएर आए । तिमि अलि घमण्डि भएपनि असल नै छौ भन्ने लाग्यो । बा आमाको रोजाई , हामिपनि चिनजान भएकै , पढेलेखेका , परिवारको सहमतीमा ठिकै होला भन्ने लाग्यो । अनी बा आमालाई हुन्छ भन्दिए ।
हाम्रो बिहे धुमधाम गर्ने बाबा आमाको चाहना थियो तर तिमिले आफ्ना आमाबाबुले त्यस्तो बिबाह नचाहने भन्दै मन्दिरमा सामान्य गर्ने भन्यौ । त्यस्तै गरि हाम्रो बिबाह भयो ।

बिबाहको रात तिमिले आफ्नो एक पाटो खोल्यौ विनम्रता पूर्वक । सुनिता मलाई माफ गर मैले तिमिसँग एउटा झुठ बोलेको छु , । तिमि मेरी दोस्रो पत्नि हौ । मैले आजभन्दा पाँच बर्ष पहिले नै बिबाह गरेको छु तर उसलाई मेरा बा आमाले मन पराएनन् । त्यसैले उसलाई बाहिर नै राख्या छु । मेरो एउटा छोरो पनि छ ।
म तिमिलाई तिम्रो हरेक हक दिने छु तर म मेरी पहिलो पत्निलाई पनि छोड्न सक्दिन । माफ गर ।

म छागाबाट खसेझै भए । तिमिले म सँग ठट्टा गरेको ? मैले सोधे , तर तिमिले त्यो नै सत्य भएको बतायौ ।
मैले केहि सोच्न सकिन । रातभर आखाबाट आशु बगिरहे , मैले तिमिलाई एक्ले छोडिदिन आग्रह गरे । तिमि चुपचाप बसिरह्यौ । केहि नबोली ।
उज्यालो भयो ,। मेरी एकदमै मिल्ने साथि निताको फोन आयो भनि । ओई बधाई छ तरो क्यानडाको भिजा आयो । रुनु या हास्नु , डाको छोडेर रुन मन थियो तर घरमा पाहुनाको चहलपहल त्यसो गर्न सकिन ।
तिमि बाहिर गएका रहेछौ ,टुप्लुक्क कोठामा छिर्यो हातमा दुई कप चिया बोकेर । मैले सिधै भने ,मेरो कलेजबाट फोन आयो म जान चाहन्छु , तिम्रो घरमा पाहुना छन् , सिधै हिड्दा हिजो बिहे भएको । उज्यालो हुँनेबित्तिकै किन भन्ने प्रश्न आउछ , अन्तिमपटक मलाई सहजै जाने वातावरण बनाईदेउ । त्यसपछि मितिसँग केहि माग्ने छैन ।
खै तिमिले के साच्यौ , नबोली बाहिर गयो , टेबलमा चिया राखेर । एकैछिन्मा आमा आउनु भो , भन्नुभो बुहारी तिमि जाँउ तर छिट्टै आउनु । फेरी समाजले के भन्छ?
जवाफ त दिन मन थियो तर के भन्नु र जस्तो भयो । आँखा रसाउदै थिए रोकेरै हुन्छ भनिदिए । फटाफट सामान बाधेर हिडे, तिमि जान खोज्दै थियो मैले बिचैबाट फकाई दिए । म काठमाडौ सामाखुसि साथिकोमा गए र केहि दिन त्यहि बसेर सबै प्रक्रिया मिलाएर क्यानडा उठे ।
विमानमा चड्नु अभि तिमिलाई अन्तिम पटक फोन गरेकी थिए । ल राम्रोसँग गरिखानु म अब कहिलै फर्कदिन । बा आमालाई भन तिमिले इच्छछा पुरा गर्यो मेरो जीवन बर्बाद गरेर । बोल्दै गर्दा तिमिले राक्दै भन्यौ ,प्लिज सुनिता नजाउ , माफ गर म तिमिलाई माय गर्छु ,हो मेरो गल्ति हो तर म तिमिलाई गुमाउन चाहन्न ।

मैले तिमिलाई अन्तिम जवाफ दिएकी हुँ , अझै सम्झना छ ,कहिलै बिर्सन पनि सक्दिन । म सँग माफि नमाग , तिम्रो शरीर मलाई चाहिएको होईन , तर तिमिले मलाई अरु केहि दिन सक्ने छैनौ बस त्यहि मुर्दा शरीर बाहेक त्यसैले म तिमिसँग बस्न सक्दिन । त्यहि कारण आज जन्म दिने आमाबाबु र प्यारो मातृभूमि सदाका लागि छाडेर जादै छु ।
आज यता आएको नि पाचँ बर्ष भयो नेपाल फर्कने मन छ तर सक्दिन । बाबा आमा धेरै रुनु भो , रिसाउनु भो तर आउ भनेर दबाब दिनु भएन । मेरो दाई उ केहि बोल्न सकेन । सायद उसलाई पनि पिडा भयो ।
तिमि खै के गर्दै छ थाहाँ छैन । पछि पनि सम्पर्क गर्ने कोसिश गरेको थियो रे तर मैले हप्काएर पठाए भन्नुहुन्थ्यो दाईले । जहाँ छौ आफ्नो संसारमा रमाउ । मेरोबारेमा सोधखोज नगर ।
नेपाल आउने मन छ सायद केहि बर्षपछि फर्कनपनि सक्छु तर जीन्दगिमा घटेका केहि घटनाहरु भुल्नै नसकिने पिडादायी हुँदा रहेछन् , सधै निमोठिरहने , चिमोटिरहने अनी मन पोलेर आँखाबाट भेल थाहै नपाई बगिरहने ………

लेखिकाको आग्रह अनुसार नै उनको परिचय गोप्य राखिएको छ । सम्पादक

मङ्ल, भदौ २०, २०७४ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया