नेपाल कम्युनिष्ट पार्टीको चेतावनी : भारतसँग भिड्न तयार छौ तर सप्तकोशीमा बाध बाध्न दिदैनौँ,२२ गते धरानमा जनप्रदर्शन गर्ने


काठमाण्डौ , १७ भदौ ।

नेपाल कम्युनिष्ट पार्टीले सप्तकोशी नदिमा उच्च बाध बाध्नेबारे प्रधानमन्त्री शेरबहादुर देउवाले हालै आफ्नो भारत भ्रमणका बेला गरेको सम्झौता खोरेज गर्न माग गरेको छ ।

सुनसरीको धरानमा आज पत्रकार सम्मेलन गरी नेकपा कोशी व्युरोले नेपाली भुभाग डुबाएर पानी र बिजुली लैजाने भारतीय योजनाका साथ भएको उक्त राष्ट्रघाती सम्झौता भएके भन्दै तत्काल खारेज गर्न माग गरेको हो ।

नेकपाले उक्त सम्झौताप्रति गम्भिर ध्यानाकर्षण भएको जनाउदै त्यसाको बिरोध र खारेजको माग गर्दै आगामि भदौ २२ गते धरानमा बृहत जनप्रदर्शनको आयोजना पनि गरेको छ ।

पत्रकार सम्मेलनपछि वितरित विज्ञप्तीमार्फत राष्ट्रघाति सम्झौता खारेज गर्न जनस्तरबाट बिरोध र प्रतिरोध गर्नपर्नेमा जोड दिदै सबै देशभक्त नागरिकलाई उक्त जनप्रदर्शनमा सबैलाई साथ दिन पनि आग्रह गरिएको छ ।

कोशी ब्युरो ईन्चार्ज नविन कार्कीद्धारा हस्ताक्षरित विज्ञप्तीमा देउवाको भारत भ्रमणका क्रममा समकक्षी नरेन्द्र मोदीसँग भएको ४८ बुदे सहमतीको २८ नम्बर बुदामा रहेको कोशी नदीमा उच्च ड्याम बनाउने सम्झौता कुनै हालतमा स्वीकार्य नभएकाले खारेज हुनुपर्ने उल्लेख छ ।

सम्झौता अनुसार कोशीमा बाध बाधिए नेपालका पूवी पहाडि जिल्लाहरु डुवानमा पर्नुका साथै लाखौ मानिस बिस्तापित हुने र बाधको तल्लो क्षेत्रमा रहेका पूवी मधेशका सम्पूर्ण भूभाग उच्च जोखिम र क्षती हुने सम्भावना रहन्छ । साथै चूरे पहाडको भूवनोट कमजोर। भएकाले भौगर्भिक तथा बैज्ञानिक दृश्टिले समेत उचित छैन । त्यसैले यो खारेज हुनुपर्छ , विज्ञप्तीमा भनिएको छ ।

पत्रकार सम्मेलनमा बोल्दै कोशी व्युरो ईन्चार्ज नविनले नेपालको पानी र बिद्युत कब्जा गर्ने उदेश्यले भारतले कोशीमा बाध बाध्ने षड्यन्त्रस्वरुप उक्त सम्झौता गरेको भन्दै कुनै हालतमा बाध बाध्न नदिने बताउनु भयो ।

नेपाली शासक वर्गले सत्ता तथा कर्सि स्वार्थका कारण भारतसँग राष्ट्रघाती सम्झौता गरेर बर्षेनी डुवान बाढीको जोखिम मोलिरहेका नेपालीलाई झन दुख दिन खोजेको भन्दै यदि सम्झौता कार्यान्वयन गर्न खोजीए भारत सँग नै भिड्न तयार रहेको चेतावनी दिनुभयो ।

यस्तै सुनसरी जिल्ला ईन्चार्ज प्रज्वल श्रेष्ठले उक्त राष्ट्रघाती सम्झौता खारेज नगरी बाध बाध्ने प्रयास गरिएको आफुहरु जस्तो सुकै कदम चाल्न तयार रहेको चेतावनी दिदै कुनै हालतमा नेपाल डुबाउने षड्यन्त्र सफल हुन नदिने बताउनु भयो ।
यस्तै नेकपा अन्तरगत केन्द्रिय जलश्रोत विभागका सदस्य रामप्रसाद किरातीले कोशीमा बाध बनाए विपत निम्त्याउने भएकाले कुनै हालतमा ड्याम बनाउन नहुने भन्दै बरु जबरजस्ती गर्न खोज भारतसँग जस्तोसुकै युद्ध लड्न तयार रहनुपर्ने धारणा राख्नुभयो ।

शनि, भदौ १७, २०७४ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया

अन्य प्रमुख खबर समाचार

Like us On Facebook

Follow Us On Twitter