नेपालको सुरुङबाट पसेका प्रचण्ड सोनीया गान्धीको ट्वाईलेटबाट निस्किए : न्यौपाने


माघ २१ काठमाण्डौं । प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल भारतीय दलाल भएको आरोप लगाउदै पुरानो शक्ति अभियानका सयोजक अधिबक्ता बालकृष्ण न्यौपानेले प्रचण्डलाई भारत विरुद्ध सुरुङ खनेर त्यही सुरुङबाट पसेर अहिले सोनीया गान्धीको ट्वाईलेटबाट निस्किएको ब्यग्य गरेका छन् ।
४७ सालको सविधान पुनस्थापना जस्ता उठाएर अभियान थालेका न्यौपानेले शान्तिबाटीकामा कोण सभा गरेर त्यस्तो आरोप लगाएका हुन् ।
उनले अहिलेका नेताहरु सबै भारतीय दलाल भएको आरोप लगाउदै कुनै विकासको काम गर्न नसकेको तर्क गरे ।
राजा महेन्द्रले एक हजार किलो मिटर पूर्व पश्चिम राजमार्ग बनाए, तातोपानी देखि भैरहवा सम्म सडक बनाए , तर अहिले खै कुन राजमार्ग बनेको छ ? न्यौपानेले प्रश्न गरे ।

अहिले देउवा र प्रचण्डबीच घाटी जोडिनुमा पनि भारतको हात रहेको तर्क न्यौपानेको थियो ।
एक प्रसंगमा उनले सुधीर शर्माद्धारा लिखित पुस्तक प्रयोगशाला नेपालीको लागि गीता भएको तर्क गर्दै यसले नेपालको आन्दोलन र माओवादी युद्धमा भारतको भूमिका देखिने बताए ।

शुक्र, माघ २१, २०७३ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया