यस्ती स्वास्नी कसैको पनि नहोस् !

गाँउमा वर्षभरी खेती गर्दा पनि खान पुग्दैन थियो । गाँउका सबै केटाहरु बिदेश जान थाले । त्यही भएर आमाले त पनि अब बिदेश जा भन्नु भयो । बुवा सानैमा वितेकाले आमाले धेरै दुखः गरेर अर्काको घरमा बनि गरेर मलाई पाल्नु भयो , हुर्काउनु भयो । म एक्लो छोरा ।
एसएलसी पास गरे पछि घरमा काम गर्ने मान्छेको अभाव भएकाले बिवाह पनि गरियो । उदयपुर हो मेरो घर । १८ वर्षको उमेरमा बिबाह भयो । पैसा कमाउन घरबार चलाउन आफू साहुको क्रृण काढेर एक लाख २० हजार खर्च गरेर कतार गए ।  त्यसो त पासपोर्ट बनाउदा काठमाण्डौ आउदा जादा नै २५ हजार जति खर्च भयो ।
सामाखुसीमा रहेको एउटा म्यानपावर मार्फत म रोजगारीमा गएको थिए २०६८ सालमा । जम्मा २ वर्षको लागि पहिलो पटक गएको थिए । सय कडा ३ मा क्रृण लिएको हुनाले महिनाको ३ हजार त व्याज मात्र तिर्नु पथ्र्यो आमाले ल्याएको क्रृणको । करीब ६ महिनामा मैले कमाएर क्रृण चुक्ता गरे ।
मेरी श्रीमति तारा थापा ( नाम परिवर्तन ) शुरुमा सोझी थिईन् । धनकुटा माईत भएकी उ घर व्यवहार चलाउन सिपालु नै थिईन् । साहुको क्रृण तिरीसके पछि भने मैले केही पैसा आमालाई पठाएर अरु जम्मै तारालाई पठाउन थाले । उसले पनि त्यो पैसाले गाउमा एक कट्ठा जग्गा किनिन् हाम्रो सल्लाह नै भएको थियो ।
म २ वर्ष पछि छुट्टीमा आए । सबैसगँ भेटघाट कुराकानी भयो । तारासगँ धरान विराटनगरतिर घुमेर आए । ससुराली पनि गए ।
करीब एक महिनाको बिदा यतिकैमा वित्यो । त्यस पछि तारासगैं सल्लाह गरेर म फेरी कतार नै गए । अब कमाको पैसाले गाउमा एउटा घर बनाउने कुरा भयो । मैले भ्याएसम्म ओटी गर्दै पैसा खाई नखाई घर बनाउन पठाए । घर पनि सानो एक तलाको बन्यो । छानो भने टिनको हालिएको थियो । त्यसमा करीब ५ लाख जति खर्च भयो होला ।
छुट्टिमा आएर कतार जानु अघि अब एउटा सन्तान पनि चाहिन्छ भन्ने भएकाले हामीले सल्लाहमै एउटा बच्चाको तयारी गरेका थियौं । तर एक दिन ताराले अन्दाजी राति १० वजेतिर फोन गरी । लामै कुराकानी हुदै गए पछि अन्तिममा उसले भनि बाबा , हाम्रो सन्तान नहुने भो , ब्लिडिगं भाको भाकै छ , खेर गए जस्तो छ ।
अनि मैले तुरुन्तै घोपा क्याम्प जाउ भने , भोली पल्ट आईएमईमा ६० हजार रुपैया पनि हालिदिए । र हाम्रो रहरको सन्तान रहेन खेर गयो । साह्रै दुख्यो ।
यसरी काम गर्दै जादा ७२ साल बैशाख १२ गते भूकम्प आयो । के छ कस्तो छ भनेर कुरा भयो तारासगँ । राम्ररी बस्नु ध्यान दिनु आमाको पनि भनेर मैले भने । सबै ठीक छ चिन्ता लिनु पर्दैन भन्थी उ ।
तर साउन  लाग्दा देखि तारा फोनमा झर्किन थालि । कति फोन गरीराखेको हो ? काम छैन , अब देखि हप्तामा एक पल्ट मात्रै फोन गर्नु भन्न थाली । अरे के भयो यो तारालाई भने मन मनै सोचे ।
के हो, के भयो ? किन टेन्सन लिएको भनेर सोध्दा पनि केही पनि भाको छैन भन्दै झर्किन थाली ।
विस्तारै अरुले कुरा सुनाउन थाले तेरो श्रीमतिको बारेमा गाउमा राम्रो हल्ला छैन है , के हो भनेर भने । तर मैले त्यस्तो दुखःगर्ने मेरी श्रीमति त्यस्तो दाया बाया गर्ने खालकी छैन । भने अरुलाई उल्टै गाली गरे । उसले बनाएको फेसबुक पनि पासवर्ड लिएर मैले चेक गरे । खासै त्यस्तो कसैसगँ कुरा भएको देखिन । ल ठीकै छ भने दिनै पिच्छे फोन चाही गरीराखे ।
कुरा बुझ्दै जादा उसले मेरो सन्तान , मेरो मुटुको टुक्रालाई अर्कैसगँ लाग्नलाई दवाई खाएर मारेकी रहीछ । तीन महिनाको गर्भ फोलर उ अर्को नाठोसगँ सल्किएकी रहिछ मलाई के थाहा ?
भदौ तिर फोन गर्दा भाईको सानो काम छ काठमाण्डौं जान्छु भनेर भनी ताराले । मैले होला भनेर सोचे । मैले उसलाई दुखः गरेर कमाएर ३ तोला जति सुनका गहनाहरु पनि बनाईदिएको थिए । पैसा पनि केही उसले राखेकी थिई । अनि जब काठमाण्डौं पुगे भनेर कुरा भयो तारासगँ । त्यस पछि उसको फोन लाग्न छाड्यो ।
जति फोन गर्दा पनि सम्पर्क हुन सकेन भन्छ , कहिले स्वीच अफ् भन्छ । गाउ तिर फोन गर्दा हिडेको हल्ला छ भनेर भन्छन् । असाध्यै पीर लाग्यो ।
त्यस पछि म तत्कालै विदा मिलाएर कतारबाट फर्किए गाउमा ।
कुरा बुझ्दै जादा तारा आफ्नै नाता पर्ने सगँ सुईकुच्चा ठोकेकी रहीछ । मैले पुलिसमा निवेदन दिए । केही फेला परेन ।
अहिले सुन्दै छु नाता पर्ने अर्को केटा सगँ उ काठमाण्डौको कुनै ठाँउमा बसेकी छ रे ।
मेरो मन असाध्यै पोल्यो । आधा उमेरमै बुवाको निधन हुनु राम्रो उपचार नपाएर , आमाले सानै देखि दुखः गरेर हुर्काउनु भएको एक्लो छोरा म । बुहारीले आमाको स्याहार गर्दै घर सम्हाल्लिन , एउटा सन्तान होस् भन्ने चाहनामा तुसारापात गरी । मैले कमाएको केही पैसा कुम्ल्याई, गहना लगि र मलाई छाडेर अर्कैलाई पोसी , धिक्कार छ यस्तो स्वास्नी कसैले फेला नपरोस् ।
मैले सुनेको थिए , कतार दुवै मलेशिया तिर बस्ने धेरै साथीहरुको घर बार पनि यसरी नै विग्रिएको छ भनेर । आज मैले पनि त्यही भोग्नु पर्यो । यो केटाहरुको जात पनि कति खराब अर्काकै स्वास्नी ताक्नु पर्ने ? नेपालमा यत्रा केटी छन् अर्काकै स्वास्नी लान पर्छ भेटे त काटेर बागमतिमा फाल्दीन्छु जस्तो रिस उठ्या छ । तर काठमाण्डौंमा लुकेको मान्छे भेट्न गाह्रो छ । के गर्ने ।
त्यस पछि आमासगँ सल्लाह गरेर गाउकै अर्की केटी सितालाई बिबाह गरेर म फेरी कतार फर्किएकी छु । म सबै साथीहरुलाई भन्छु विहे गर्ने वित्तिकै विदेश नआउ कि विदेश गएर कमाएर फर्किए पछि विहे गरेर घर जम गर नत्र मैले जस्तै दुखः पाउनु पर्ला ……………..

आइत, पुस १०, २०७३ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया